• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानको बागचौर ७ मा प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु


लेकाली अनलाइन
मंसिर १५, सल्यान ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता शुक्रवार देखी सुरु भएको छ । टाट्केको बालकन्या माध्यमिक विद्यालयको प्राङ्गनमा संचालन भैरहेको खेल मंसिर १६ गते सम्म संचालन हुने छ ।

“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नारासहित बागचौर नगरपालिकाको आर्थिक सहयोग र ७ नम्बर वडा खेलकुद समितिको आयोजनामा भएको प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको शुक्रबार बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन्. । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बुढाथोकीले कार्यक्रमको उद्घाटन गर्दै समृद नगर निर्माणका लागी नगर भित्रका प्रत्येक वडाहरुमा जन श्रमदानको अबधारणा ल्याउने बताए ।

पछिल्लो समयमा मानिसहरु श्रममुखी भन्दा,बजेटमुखी भएकाले यस्तो प्रवृत्ति लाई अन्त्य गर्नको लागी आफुहरुले केहि समाजिक कार्यहरूमा जन श्रमदानको अबधारणा ल्याउन लागेको उनले बताए । उनले बजेट बिनियोजन गरेर मात्र समृद्ध नगर नबन्ने र यसको लागी बिभिन्न रचनात्मक एवं सृर्जनात्मक कार्यको आबश्यक्ता हुने भएकाले यसमा लाग्न सम्पुर्ण नगरबासी हरुलाई अनुरोध गरे ।

यस्तै नगर प्रमुख बुढाथोकीले एक अर्को प्रसंगमा बागचौर नगरपालिका बाट बिनियोजन गरिएको रकम कतै हिनाबिना र चुहावट गरेको थाहा पाए आफुलाई खबरदारी गर्न जनतालाई अनुरोध गरेका छन् । सरकारको गतिविधि निगरानी गर्ने जनताको अधिकार भएकाले बागचौर नगरपालिका भित्रका सबै क्षेत्रमा हुने गतिविधि हरुलाई जनताले निगरानी र अनुगमन गर्नु पर्नेमा जोडदिए ।

उनले एक आर्थिक बर्षमा योजनाहरु सम्पन्न गरेको बजेट निकाल्न अब असार महिना कुर्न नपर्ने बताए । काम सम्पन्न गरिसके पछि आबस्यक कागजात र्पुयाई भुक्तानिको लागी तुरुन्त नगरपालिकामा जान अनुरोध गरे ।

कार्यक्रमका बिशिस्ट अतिथि बागचौर नगरपालिकाकि उप प्रमुख कल्पना पुनले खेल क्षेत्र लाई नगरपालिका बाट अगाडि कसरी लैजाने यस्मा बृहत रुपले आफुहरु लागेको बताइन् । बागचौर नगरपालिका भित्रका खेलाडीहरुको ब्यवस्थापन गर्न आफुहरु कुनै पनि कसर बाँकि नराख्ने भयकाले खेल क्षेत्रको मर्यादा भित्र रहेर खेलाडिको बिकास गर्न डान ७ का सम्बन्धित निकायहरुलाई अनुरोध गरिन् ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बागचौरका प्रमुख चिन्ता मनि रेग्मी, नेकपाका नेता कृती बहादुर पुन, नेपाली काङ्ग्रेस सल्यान क्षेत्रन १ का सभापति गोरख बहादुर केसि, बागचौर नगरपालिका वडान ७ का वडा अध्यक्ष शेर बहादुर घर्ती, ६ का भुपेन्द्र राज वलि, ११ का मोहन बहादुर खड्का ८ का रोमु शाही, बालकन्या माध्यामिक बिधालय टाट्केका विव्यस अध्यक्ष शोभाराम भण्डारी लगाएतले प्रथम अध्यक्ष कप सफलताको शुभकामना दिएका थिए ।

वडा नम्बर ७ का खेलकुद विकास समिती अध्यक्ष डिल्ली बहादुर वलिको सभापतित्वमा कार्यक्रम भएको थियो । बागचौर नगरपालिकाले ६ वटा वडाहरुमा प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार