• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

शसस्त्र प्रहरी सल्यान अस्पताल परिसरमा सिढि निर्माण गरे


सरिता चलाउने
मंसिर १६, सल्यान ।

शसस्त्र प्रहरी वल लुहापिङ्ग सल्यानले जिल्ला अस्पताल सल्यान जाने वाटोमा सिढि निर्माण गरेको छ ।

खलंगा श्रीनगर सडकको आमा चौतारा हुदै जिल्ला अस्पताल सल्यान जाने १ सय मिटर गोरेटो वाटोमा सिढि निर्माण गरेको हो । सल्यानमा एक महिना अघि स्थापना भएको शसस्त्र प्रहरीले विभिन्न रचनात्मक कार्यमा सहभागि हुदै आएको छ । यस अघि सदरमुकाम खलंगा वजार रहेको महाकवि लक्ष्मी प्रसाद देवकोटाको शालिकरहेको स्थान र वजारको सरसफाई गरेको थियो ।

हरेक शनिवार विभिन्न रचनात्मक क्रियाकलाप अन्तरगत सल्यान अस्पताल पुग्ने गोरेटो वाटोमा सिढि वनाएको शसस्त्र प्रहरी वल सल्यानका प्रहरी नायव उपरिक्षक विमल डाँगीले बताए । यहाँ सिढि वने संगै विरामीहरुलाई जिल्ला अस्पताल जान सजिलो भएको छ ।

यो वाटोमा पक्की सिढि निर्माणमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने विरामीहरुको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार