• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

पत्रकार गोपाल चन्दकाे रिहाईको माग गर्दै सर्वोच्चमा रिट


मंसिर १६, काठमाण्डौं /

पक्राउ परेका पत्रकार गोपाल चन्दलाई रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणमा रिट दायर भएको छ ।

पत्रकार चन्दका भाई रमेश डाँगीले आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन । रिटमा गृमन्त्रालयलाई विपक्षी बनाईको छ ।

प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास भन्ने शिर्षक समाचार पाेष्टपाटीमा प्रकाशित गरेकाे आरोपमा मंसीर ११ गते तारकेश्वर नगरपालिका वडा नं ९ शुभकामना टोल काठमाण्डौं बाट महानगरीय अपराध महाशाखाले पत्रकार चन्दलाई पक्राउ गरेको थियो । पत्रकार चन्दलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

पत्रकार चन्दलाई रिहाईको माग गर्दै पत्रकार प्रकाउ परे लगतै क्रान्तिकारी पत्रकार संगठन नेपाल र नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ती निकालेको थियो भने प्रेस काउन्सिल नेपालले महानगरीय अपराध महाशाखालाई पत्रकार चन्दको रिहाईको माग गर्दै पत्र समेत लेखेको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार