• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा पक्राउ परेका नेता खत्रीलाई रिहाई नगरे जनप्रतिनिधीलार्इ खतरा हुने नेकपाकाे चेतावनी


लेकाली अनलाइन
मंसिर १७, सल्यान ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाई नगरे आफुहरुले मुद्दा लगाउने जनप्रतिनिधीहरुलाई कारबाही गर्ने बताएका छ ।

आइतबार सल्यानको श्रीनगरमा निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको कोणसभामा बोल्दै इन्चार्ज विश्वले केहिदिन अघि पार्टीका जिल्ला सचिवालय सदस्या टोप बहादुर खत्रीलाई प्रहरीले झुटा मुद्दाको आधारमा पक्राउ गरेको र तत्काल रिहाई नगरे जनप्रतिनिधीमाथि कारबाही हुने बताएका छन् । आफुले झुटा मुद्दा लगाउने जनप्रतिनिधी चिनेको र रिहाई नगरे जनप्रतिनिधीलार्इ खतरा हुने उनको चेतावनी छ ।

उनले भने– “हाम्रो पार्टीमाथि दमन गर्न विभिन्न नेताहरुलाई सरकारले गिरफ्तार गरिरहेको छ, यसको सिआइडी जनप्रतिनिधीहरुले गरिरहेका छन् । हाम्रा नेतालाई पक्राउ गर्न लगाउने जनप्रतिनिधीहरुका हामी अाफ्नाे ढंगले कारबाही गर्छाैँ ।”

प्रकाशित मिति : २०७५ मङ्सिर १७ गते सोमवार