• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा अपाङ्गमैन्त्री भबन बनाउन माग


सरिता चलाउने
मंसिर १७, सल्यान ।
सल्यानमा अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्गमैन्त्री भबन बनाउन माग गरेका छन । जिल्लामा कुनैपनि भवन अपाङ्गमैन्त्री नभएकाले अपाङ्गमैन्त्री समाज र अपाङ्गमैन्त्री भबन बनाउन सरोकारवालाहरु समक्ष माग गरेका हुन ।

कानुन फितलो नभएको तर कायर्यानवयको पाटो फितलो भएको भन्दै उनिहरुले आफुहरु बत्तिमुनिको अध्यारो जस्तै भएर बस्न बाध्य भएको बताएका छन । “अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता समान्ताको सुनिश्च्तिा“ मलाई गणना गर, मलाई समावेस गर, भन्ने नारा सहित २७ औ अन्तराष्ट्रिय अपाङ्ग दिबसको कार्यक्रममा बोल्दै उनिहरुले अहिले स्थानीय तहहरुले पनि अपाङ्गता भएका ब्यक्तिहरुलाई वास्ता नगरेको बताएका छन ।

आखा देख्ने ब्यक्तिले नेतृत्व गरेकाले आखा नदेख्ने ब्यक्तिरुको जिम्मेवारी पुरा गर्न नसकेको दृष्टिबिहिन छात्राबासका दृष्टिबिहिन शिक्षक राजेश अर्यालले बताए । उनले भने– “अपाङ्गता भएका ब्यक्तिलाई खै कहाँ छ ? सेवा, सुिबधा मैले आँखाले नदेखे पनि लठ्ठिले छामेर भएपनि पत्ता लगाउन सकिन ।”

अपाङ्गता भएका ब्यक्तिहरुलाई दोस्रो मुलुकको नागरीक जस्तो ब्यवहार गरिरहेको उनले गुनासो गरे । आबश्यकता अनुसारको ब्यवस्था नगरेको, समाबेसि नबनाएकाले आफुहरुले सुरक्षित भएको महसुस नगरेको बताए ।

कालिमाटी गाउँपालीका ७ का २६ बर्षिय चन्द्र बहादुर बिकले आफु अपाङ्ग भएर गुजारा गर्न कठिन भएकाले जस्को लागी सरकारले अपाङ्गता भएका ब्यक्तिहरुलाई सेवा सुबिधा सहितकोे रोजगार दिलाईदिए राहात हुने बताए । उनी आफु जन्म जातै अपाङ्ग भएको भए पनि आफु कक्षा १२ सम्म पढेकाले रोजगारीको आशामा रहेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्टले राज्य सघिंय संरचनामा आईसकेपछि अपाङ्ग ब्यक्तिहरुलाई काम गर्ने बाताबरण बनाईदिन जरुरी रहेको बताए । उनिहरुले माग्नु भन्दा पनि स्थानीय तहहरुले सोचेर शिक्षा, स्वास्थ जस्ता कुराहरुमा बिशेष जोड दिन आग्रह गरे ।

स्थानीय तहरुमा समन्वय गरी अपाङ्ग ब्यक्तिहरुको जिल्ला भरको तथ्याङक संकलन गरेर ठोस आधार बनाए केहि सहयोग हुने बिभिन्न कार्यक्रमहरु गरेर क्षेमता बिकासमा माथि उठन सक्ने बताए । जस्को लागी जिल्लामा समन्वय समितीले केही सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने– “उनिहरुले मागेर चारो दिएको भन्दा पनि अपाङ्गहरुलाई बिशेष तरीकाले हेर्नुपर्छ ।”

सपाङ्गले अपाङ्गहरुको पिडा कमै बुझने, हेर्ने दृष्टिकोण पनि फरक भएकाले अब यसमा सक्षम र आत्मानिर्भर बनाउनमा जोड दिनुपर्ने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । तिन वटै सरकार भैसकेकाले नजिक बाट हेर्नु पर्ने भन्दै उनले जिबनयापन गर्न सहज बनाई दिनुपर्ने बताए । अपाङ्ग मैन्त्रीपुर्बाधारको अभाब भएको र नागरीक हौ भन्न पनि नरुचाउने जस्तो देखिएकाले राज्यले हेर्न जरुरी रहेको बताए ।

कल्यानकारी अपाङ्ग सेवा संघ सल्यानको आयोजना तथा मानसिक स्वास्थ जिल्ला सन्जालको सहआयोजना र शारदा नगरपालीका सल्यानको आर्थिक सहयोगमा भएको कार्यक्रममा सल्यानको श्रीनगरमा ¥याली र प्लेकार्ड सहित अपाङ्गलाई पनि सम्मान ब्यवहार गर, सवारी साधनमा बिशेष छुट गर भन्ने नारा सहित बजार परिक्रम गरेका थिए ।

कल्यानकारी अपाङ्ग सेवा संघका अध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालीकाका उपप्रमुख साबित्रा बस्नेत, शिक्षक राजेश अर्याल, शिबजन माबि शितलपाटीका प्रअ हिरालाल नेपाली, नेपाली काग्रेंस सल्यानका सचिब प्रकाश भण्डारी लगायतकाले बालेका थिए ।

कल्यानकारी अपाङ्ग सेवा संघका निम बहादुर नेपालीको स्वागत मन्तब्य रहेको कार्यक्रममा टेक बहादुर चलाउनेले कार्यपत्र प्रस्तुत गरेका थिए भने लक्ष्मी शर्माले कार्यक्रमको सन्चालन गरेकी थिइन् । कार्यक्रममा अपाङ्गता क्षेत्रहरुमा योगदान पु¥याउने ब्यक्तिहरु तथा मिडीयाहरु लाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १७ गते सोमवार