• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा कुकर प्रेसर बम फेला, सेनाद्वारा निस्कृय


लेकाली अनलाइन
मंसिर १९, सल्यान ।
सल्यानमा एउटा पुरानो कुकर प्रेसर बम फेला परेको छ ।

जिल्लाको शारदा नगरपालिका ३ स्थित जिल्ला हुलाक कार्यालयको नजिकै मंगलबार दिउसो करिब २ : ३० तिर बम भेटिएको हो । ब्रमकुमारी राज योग सेवा केन्द्रको जग्गामा खनेर समथर बनाउने क्रममा बम भेटिएको भगवती प्रसाद गुल्म सिमखर्कले जनाएको छ ।

उक्त कुकर प्रेसर बम द्धन्द्धको समयमा नै राखिएको हुन सक्ने अनुमान गरिएको छ । जमिनमा भेटिएको सो बमलाई भने निस्कृय पारिएको छ ।

भगवती प्रसाद गुल्मको बम डिस्पोजल टोलीले करिब ३ :४५ तिर बमलाई निस्कृय पारिएको हो । बमलाई निस्कृय बनाउदा कुनै भौतिक तथा मानबिय क्षेती नभएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार