• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे बनगाड कुपिण्डेको नगरसभा ६ महिना पछि भयाे, ४७ करोड भन्दा बढी बजेट प्रस्तुत


इन्द्र बुढाथोकी
मंसिर १९, सल्यान ।
पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको तेस्रो नगर सभा म‌ंगलबार सप्पन्न भएको छ । असार २५ मा सम्पन्न हुनुपर्ने सभा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि र वडा अध्यक्षहरु बीच बजेट वाँडफाड र केही नीति निर्माणका विषयमा विवाद हुदा ६ महिना पछि मंगलबार नगर सभा सम्पन्न भएको हो ।

नगर प्रमुख गोविन्द कुमार पुनले निकै महत्वका साथ महत्त्वपूर्ण, उपलब्धिमुलक र महत्वाकाँक्षी निति तथा कार्यक्रम प्रस्तुत गरेका छन । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी विधुतिकरण, नागरिकको जीवन स्तरसग प्रत्येक्ष सरोकार राख्ने सुनौलो कार्यक्रम समेटिएको छ । भने उप प्रमुख मन्जु यरिले ४७ करोड ६७ लाख ४ हजार बराबरको अनुमानित आय व्यय बजेट समेत नगर सभामा प्रस्तुत गरेकी छन ।

नगर सभा बाट आव ०७५/०७६ को कुल वजेट ४७ करोड ६७ लाख ४ हजार बराबरको अनुमानित आय व्यय समेत नगर सभामा प्रस्तुत भएको छ । जस्मा कुल विनियोजित मध्य चालू तर्फ २९ करोड ९८ लाख ९२ हजार ५ सय र पुजिगत तर्फ १७ करोड ६८ लाख ११ हजार ५ सय रहेको छ ।

आन्तरिक राजश्वबाट ३० लाख, नेपाल सरकार वितिय समिकरण अनुदानबाट ११ करोड ६५ लाख, राजश्व वाडफाडबाट ९ करोड ६३ लाख ७७ हजार, प्रदेश सरकारबाट ५५ लाख,३२ हजार, गत वर्षको मौज्दात ६ करोड ११ र नेपाल सरकार समाजिक सुरक्षा वितरण तर्फ ४ करोड रहन गएको छ ।

चालू तर्फ स्वास्थमा १ करोड २६ लाख , खानेपानीमा १ करोड ५५ लाख ८३ हजार ७ सय ७४,  कृषि पशु ८० लाख, उद्योग तथा वाणिज्यमा ७० लाख, पर्यटनमा ५० लाख, सहकारी १० लाख, सामाजिक विकास तर्फ शिक्षामा २ करोड २० लाख ३५ हजार , धर्म संस्कृती प्रर्वद्धनमा १३ लाख १० हजार , खेलकुद तथा मनोरञ्जन १० लाख, लैङ्गिक समानता तथा समाजिक समावेशीकारणमा ७० लाख, स्थानीय सडक पुल तथा झोलुङ्गे पुलमा ७ करोड ७२ लाख २ हजार ७ सय २६ , सिचाइमा ३३ लाख ५० हजार, भवन तथा विकास निर्माणमा ८२ लाख ५५ हजार, उर्जा तथा वैकल्पिक उर्जा १ करोड ४ लाख,  वन तथा भु( संरक्षण १० लाख, जलाधार संरक्षण १५ लाख, वातावरण संरक्षण तथा जलवायु परिवर्तन २० लाख,  फोहोर मैला तथा ढल व्यवस्थापन ५ लाख, विपद व्यवस्थापनमा ६० लाख, सामान्य सेवामा २ करोड ९१ लाख,३२ हजार ५ सय  बजेट विनियोजन गरिएको छ ।

यसबाट प्रत्यक्ष नागरिक लाभान्वित हुने खालका कार्यक्रम समेटिएको छ । ढिलै सन्चालन भए पनि नगर सभा निकै शान्त र मर्या्दित ढंगबाट सभा सञ्चालन भएको थियो । वजेट प्रस्तुत गर्दै उप मेयर मञ्जु यरीले ढिला भए पनि नगरको विनियोजन वजेटबाट समुचित विकासमा कोसेढुङगा हुने वताइन । सभाले २ दर्जन वढि ऐन, कानुन, कार्य्विधि तथा विधेयक पास गरेको छ । अब देखि नगरका सम्पूर्ण काम काजले गति लिने संकेत देखिएकोमा नगरवासी खुसि वनेका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार