• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

खेतबारीमा लाग्ने रोग किरा नियन्त्रण गर्न सल्यानमा शिविर संचालन


लेकाली अनलाइन
मंसिर १९, सल्यान ।
खेतबारीमा लाग्ने रोगकिरा नियन्त्रणको लागी सल्यानमा किसानहरुलाई तालिम दीन शिविर संचालन गरिएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ र २ का किसानहरुलाई बालीनालि तथा तरकारीमा लाग्ने रोग किरा नियन्त्रनको लागी शिविर संचालन गरि तालिम दिइएको हो । छत्रेश्वरी गाउँपालिका कृषी शाखा र वडा नम्बर २ को आयोजना तथा दलित विकास समाज सल्यानद्वारा संचालित पहल कार्यक्रमको आर्थिक सहयोगमा बुधबार छत्रेश्वरी २ दहखोलामा किसानलाई तालिम दीन एकदिने शिविरको आयोजना गरिएको थियो ।

उक्त शिविरमा किसानहरुको तरकारी तथा बालिनालीमा लाग्ने रोग किराको बारेमा जानकारी लिएका थिए । खेतबारीमा लाग्ने खुम्रे किरा, रातो कमिला, खपटे किरा, डडुवा रोग, भाइरस, पात पहिलने रोग जस्ता समस्याबारे किसानलाई तालिम दिइएको पहल कार्यक्रमका कृषी प्राविधिक नाायण खत्रीले लेकाली अनलाइनलाई जानकारी दिए । उनका अनुसार खेतबारीमा यी रोग किराको समस्या आएमा अब किसानहरुले आफै समाधान गर्न सक्नेछन् ।

शिविर कार्यक्रमको सहजिकरण छत्रेश्वरी गाउँपालिका कृषी नायक प्राविधिक सुब्बा गणेश भण्डारीले गरेका थिए । शिविरमा २ नम्बर वडा अध्यक्ष प्रेम खड्का, पहल कार्यक्रमका कृषी प्राविधिक नाायण खत्री, कृषी व्यवसायी प्राविधिक कृष्ण प्रकाश ओली लगाएतको सहभागीता रहेको थियो ।
शिविरमा करिब १ सय ५० जना किसानहरुको उपस्थिती रहेको त्यहाँबाट विजय घर्तिले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार