• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

प्रकाण्ड कालिकाेट पुगेपछि जनसागर उर्लियो, शहिद परिवारद्वारा अभिनन्दन


मंसिर १९, कालिकोट ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार (आज) कालिकोट सदरमुकाम मान्मामा विशाल आमसभा गरेको छ । जनसभामा जिल्लाका विभिन्न ठाउँबाट जनसागर उर्लिएको छ ।

सभालाई सम्बोधन गर्न पुगेका नेकपाका प्रवक्ता प्रकाण्डलाई शहिद परिवारले सदरमुकाम मान्मामा अभिनन्दन गरेका छन् । जनसभामा प्रवक्ता प्रकाण्डलाई कालीकोटका ५ सय ५ सहिद परिवारसहित कोलिकोटवासीको तर्फबाट फूलको मालासहित भव्य अभिनन्दन गरिएको छ । जनसभामा सामना साँस्कृतिक परिवारले जनवादी गीत प्रस्तुत गरेको छ ।

हजारौं संख्यामा टाढाबाट युवायुवती, महिला, विद्यार्थी, वृद्धवृद्धाहरु स्वफूर्त रुपमा जनसभामा आजै प्रकाण्डले सहिद पपरिवारलाई भेट् गर्ने कार्यक्रम रहैको आयोजकले जनाएको छ । जनसभालाई युवा टीमले विशेष सुरक्षा दिइरहेको छ ।

४९ दिनको हिरासत बसाइँ पछि पहिलो पटक गृह जिल्ला कालिकोट पुगेका नेकपाका प्रवक्ता प्रकाण्डले कालिकोटमा अभिनन्दन पाएका हुन् । मंसिर ८ गते काठमाण्डौंमा पार्टी पुर्नगठन दिवसको अवसरमा बृहत प्रर्दशन गरेको नेकपाले बुधबार (आज) कालिकोटमा जनसभा गरेको हो ।

कालिकोट प्रवक्ता प्रकाण्डको गृह जिल्ला हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार