• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

५० दिन हिरासत बसेका प्रकाण्डलार्इ ५० किलाेकाे माला


लेकाली अनलाइन
मंसिर १९, कालिकोट ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कालिकोटमा ५० किलोको फूलको मालाले अभिनन्दन गरिएको छ। उनलार्इ सहिद परिवारले करिब ५० दिन हिरासत बसेको सम्झनामा ५० किलोको माला लगाएर अभिन्दन गरेका हुन्।

नेकपा कालिकोटले आयोजना गरेको जनसभामा सहभागी हुन गृहजिल्ला पुगेका प्रवक्ता प्रकाण्डलाई स्वागत गर्न कार्यक्रममा हजारौं स्थानीय नागरिकको सहभागिता थियो।

कार्यक्रममा नक्कली कम्युनिस्टको शासन अन्तिम घडीमा पुगेको नेताहरुले बताएका छन्।

सहिद परिवारले सहिदको सपना पूरा गर्न र सहिदको रगतलाई खोलाको पानी बनाउने विरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष गरेका छन्। नेकपाको सांस्कृतिक टिम सामना परिवारका प्रस्तुतिसहितको आमसभामा बोल्ने अधिकांश वक्ताले वैज्ञानिक समाजवाद ल्याएरै छाड्ने उद्घोष गरेका छन्।

टिका लगाउदा बहिनी  भक्कानिइन्

कार्यक्रममा सहिद परिवारले अबिर लगाउँदै गर्दा प्रकाण्डकी बहिनी जैपुरा बिक भक्कानिएकी थिइन्। धेरै समयपछि दाजुलाई भेटाउँदा छातिमा टाउको राखेर उनी मञ्चमै भक्कानिएकी हुन्। बहिनी जैपुरा सानाे छाेरासिहत मञ्चमा पुगेकी थिइन् ।

बहिनी रुनथालेपछि दाजु प्रकाण्डसँगै अन्य नेता तथा कार्यकर्ता भावुक बनेका थिए।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार