• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

स्वयंसेविका दिवसको अबसरमा सल्यानको बागचौरमा विभिन्न कार्यक्रम सम्पन्न


लेकाली अनलाइन
मंसिर २०, सल्यान ।
१५ औ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा सल्यानको बागचौर नगरपालिकाका विभिन्न स्थानहरुमा बुधबार विभित कार्यक्रम सम्पन्न भएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाको निशुल्क सेवा, स्वस्थ समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुलनाराका साथ नमुना इलाका स्वास्थ चौकी कोटमौलाले साविकका वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ भने बर्ष भरी उत्कृष्ट कार्य गर्नै एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरेको छ । बागचौर नगरपालिका वडान ८ का अध्यक्ष रोमु शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख लोकमान बुढाथोकीको रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले स्वास्थ्य क्षेत्रमामा जनताको चेतना स्तर उकास्न महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् । एक जना स्वास्थ्य स्वयंसेविकाको पहुँचमा सयौ सर्बसाधारणको स्वास्थ्य स्थिति जोडिने भएकाले सामाजिक कार्यमा आफ्नो सेवालाई बिस्तारमा लागिरहन स्वयंसेविकाहरुलाई उनले आग्रह गरेका छन् ।

कार्यक्रममा साविक कोटमौला गाबिस अन्तर्गतका ९ वडाका महिला स्वयंसेविकाहरु बिच भएको हाजिरी जवाफ प्रतीयोगिता बाट वडा नम्बर ७ प्रथम, वडा नम्बर ९ दोस्रो र वडा नम्बर ६ तेस्रो भएका छ्न । बर्ष भरी स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने साविक कोटमौला गाविस वडा नम्बर ७ कि स्वास्थ्य स्वयंसेविका निर्मला शर्मालाई सम्मानका साथ पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल लगाएतको सहभागीता रहेको थियो ।

त्यसैगरी १५ औ रास्ट्रिय महिला स्वयंसेविका दिवसकै अबसमा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा पनि बिभिन्न कार्यक्रमहरु सम्पन गरिएको छ । वडा नम्बर २ का अध्यक्ष घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले महिला स्वास्थ्य स्वयंसेबिकाको साथ सहयोगले महिला तथा बालबालिकाको ज्यान जोखिम बाट बच्ने बताएकी छन् ।

उनले स्वयंसेविकाहरुको सेवाको भावलाई बुझेर बागचौर नगरपालिकाले गत बर्षको भन्दा उक्त क्षेत्रमा बढि बजेट बिनियोजन गरिएको बतइन् ।

प्राथमिक स्वास्थ्य केन्द्र थारमारेका प्रमुख प्रहसन राईको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा साविकको थारमारे गाबिस अनर्गत ९ वटा वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन गरिएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार