• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङमा गाँजासहित एक जना पक्राउ


मंसिर २०, दाङ ।

दाङमा एक जना व्यक्ती गाँजासहित पक्राउ परेका छन् ।

जिल्लाको दंगीशरण गाउँपालिका ७ वस्ने ६४ वर्षिय अम्मरबहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय दाङले १ केजी ७४० ग्राम गाँजासहित पक्राउ गरेको हो । उनले घरमा गाँजा भण्डारण गरेको गोप्य सूनचाका आधारमा बुधवार गएको प्रहरी टोलीले कुवरकै घरमा प्लाष्टिकको वोरामा लुकाइ राखेको अवस्थामा उक्त गाँजा फेला पारेको इप्रका तुलसीपुरले जनाएको छ ।

उनले आफ्नै घरमा पहेलो रंगको प्लाष्टिकको बोरामा राखेको अबस्थामा गाँज भेटिएको थियो । उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरलिे जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार