• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान र सुर्खेतका महिलाहरुलाई उन्नत बाख्रापालन तालिम दिइयो


दुर्गा विसी
मंसिर २०, सल्यान ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीवजारले सल्यान र सुर्खेतका महिलाई संयुक्त रुपमा ३ दिने व्यवसायीक उन्नत बाख्रापालन तालिम दिएको छ ।

सुर्खेतको सिम्ता जामुने बजारमा ३ दिनसम्म सञ्चालन भएको बाख्रापालन तालिममा सुर्खेत सिम्ता र सल्यानको बनगाड कुपिण्डेका समुहमा आवद्ध महिला सदस्य, ग्राहक सदस्य गरी ३० जनालाई तालिम प्रदान गरिएको हो । बाख्रापालन तालिमबाट महिलाको जिवीको पार्जन र आय आर्जनमा सहयोग पुग्ने संस्थाको दाबी रहेको छ ।

व्यवसायस्क बाख्रापालन तालिमबाट आफुहरुलाई व्यवसायी गर्न सजिलो हुने तालिमा सहभागि समहुका सदस्यहरुले बताएका छन् । साथै तालिमको समापनको दिन निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीबजारले विमीत ग्राहकको मृत्यु भएका सुर्खेत सिम्ता ६ राकमका पदम सार्किको परिवालाई १ लाख ३८ हजार रुपैयाँ प्रदान गरेको छ ।

कार्याक्रम निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीबजारका शाखा प्रमुख निम बहादुर घर्तिले संस्थाको गतिविधीका बारेमा जानकारी दिएका थिए ।

त्यसैगरी निर्धनकै बिरेन्द्रनगर सुर्खेतका क्षेत्रीय प्रमुख राजकुमार पोख्रेल, वडा अध्यक्ष राजेन्द्र सिंह लगाएतले धारण राखका थिए । तालिमको सहजीकरण पशु प्राविधीक नर बहादुर चन्द र दिल बहादुर बुढाले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार