• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा दृष्टिबिहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण


लेकाली अनलाइन
मंसिर २०, सल्यान ।
सल्यानमा दृष्टिबिहिन बालबालीकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

जिल्लाको शारदा नगरपालिका १ शितलपाटीमा रहेको दृष्टिविहिन छात्राबासका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । उनिहरुलाई ब्राईट स्टार सोसाईटि, दिव्य ज्योती फाउन्डेसन र बलाईन्ड रोक्स नामक सस्था काठमान्डौले शैक्षिक सामाग्री बितरण गरेका हुन् ।

उनिहरूले अध्ययन गर्ने शिवजन मावि शितलपाटीमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री वितरण गरिएको हो । शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीले झोला, ब्रेन पेपर, खाद्यन्न, मादल लगाएका सामाग्रीहरू छात्रबासका स्रोतव्यक्ती राजेश अर्यालको मार्फत हस्तान्तरण गरेका हुन ।

शैक्षिक सामाग्री वितरण गर्दै नगरप्रमुख अधिकारीले सबै प्रकारका अपाङ्ग भएका ब्यक्तिलाई नगरपालीकाले दिने सेवा सुविधाबाट कुनै पनि कर नतिरेर सेवा दिईरहेको बताए । उनले जिल्ला अस्पतालबाट दिने उपचार सेवा निशुल्क दिएको बताए ।

अपाङ्ग भएका ब्यक्तिका क्षेत्रमा नगरपालीकाले आफनो क्रियाकलापहरू अगाडी बढाएर काम गरिरहेको बताउदै उनले भने– “सपाङ्ग मान्छे पनि समयले अपाङ्ग हुन सक्छन, त्यसैले कुनै पनि भेदभाव गर्नुहुदैन ।”

दृष्टिी बिहिन बालबालिकाको क्षमता विकासका लागि सहयोग प्रदान गरिएको ब्राईट स्टार सोसाईटीका अध्यक्ष बासुदेब अधिकारीले बताए । अपाङगहरू सधै अभाब, दबाब र प्रभाबमा पर्ने भएकाले उनिहरूलाई सहयोगको जरूरी रहेको उनले बताए । सपाङग सरह काम गर्ने हौसला प्रदान गर्ने उदेश्यले आफुहरूले यो कामको सुरूवात गरेको उनको भनाई छ ।

शिक्षक राजेश विकको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रधानाध्यापक हिरालाल नेपाली, स्रोत ब्यक्ति वीरबहादुर सेजवाल, ब्लाईण्ड रक संस्थाका महासचिब नारायणी दवाडेले लगायतले सम्बोधन गरेका थिए । । विद्यार्थी पदम प्रकाश वलीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन निम बहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार