• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका एक युवाले सिम स्विचको आविस्कार गरे, मोबाइलबाटै स्विच ON- OFF गर्न सकिने


लेकाली अनलाइन
मंसिर २१, सल्यान ।

सल्यानका एक युवाले सिम स्विचको आविस्कार गरेका छन् ।

जिल्लाको त्रिवेणी गाउपालिका ३ फालाबाङका पुरन बहादुर भण्डारीले मोबाइलबाट विद्युतीय सामाग्रीका स्विच खुल्ला र बन्द गर्न सक्ने सिम स्विच निर्माण गरेका हुन् । उनले निर्माण गरिएको सिम स्विचलाई बुधबार धनगढीमा प्रदर्शन समेत गरिएको छ ।

उक्त सिम स्विच प्रविधिको दार्चुलाको गतिशिल नेपाल व्यक्तीत्व विकाससमुहले धनगढीको वोराडाडीमा रहेको त्रिभुवन उच्च माद्यमिक विद्यालयमा प्रदर्शन गरेको हो । सिम स्विच प्रविधिका माध्यमबाट घर तथा कार्यालयमा रहेका विजुलीका बत्ती, पङखा, पानी तन्ने मोटर, फ्रिज, लगाएतका विद्युतीय सामाग्री बन्द र खुल्ला गर्न सकिने आविस्कारक भण्डारीले लेकाली अनलाइनलाई बताए ।

उनले दुई वर्षदेखि सिम स्विच प्रविधिको निर्माण गर्दै आएको भएपनि गत भदौमा मात्रै सफल परिक्षण गरिएको र पहिलो प्रदर्शनी धनगढीमा गरिएको हो । उक्त प्रविधि विश्वमै पहिलोपटक आफुले निर्माण गरेको भण्डारीले दावी गरेका छन् ।

स्विच भएको ठाउँमा सिम राख्ने र विश्वको जुनसुकै ठाउँबाट मोबाइलबाट फोन गर्दा स्विच आन अफ हुन्छ । भर्खरै परिक्षण सफल पारिएको र अब सरकारसँग समन्वय गरेर व्यवसायीक रुपमा सिम स्विच प्रविधिको विकासमा लाग्ने सोच भएको भण्डारीले लेकाली अनलाइनलाई बताएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार