• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा बहुला स्यालको टोकाईबाट ६ जना घाईते


दुर्गा विसी
मंसिर २१, सल्यान

सल्यानमा स्यालको टोकाईबाट ६ जना घाईते भएका छन् ।

जिल्लाको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालीकाको वडा नम्बर ५ कफल्यानी र कुमाख गाउँपालिकाको वडा नम्बर ३ तिमेलेमा स्यालको टोकाईबाट ६ जना घाईते भएका हुन् । शुक्रबार बिहान बहुलाएको स्याल गाउँमा पसेपछि स्थानीय लगाएत चौपायलाई टोकेको थियो ।

स्यालको टोकाईबाट कफलेनीका ४ वर्षिया लक्ष्मण राना, बर्ष २४ का शेर बहादुर पुन, बर्ष ३० कि पुष्पा बुढा र बर्ष १६ मान बहादुर पुन घाईते भएका छन् । त्यस्तैै कुमाख गाउँपालिकाको तिमेलेमा पनि स्यालको टोकाईबाट २ जना घाईते भएका छन् ।

साथै दर्जन बढि बाख्रा र भेडाहरुलाई समेत स्यालले टोकेको स्थानीयले बताएका छन् ।

स्यालको टोकाईबाट घाईते भएका सबै जना सल्लीबजारको जनवन्धु पोलिकिल्नीकमा उपचार पछि घर फर्केका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार