• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

योजनका काम निर्माण व्यवसायीबाट मात्रै गराउन सल्यानका स्थानीय तहलाई आग्रह


लेकाली अनलाइन
मंसिर २२, सल्यान ।
नेपाल निर्माण व्यवसायी संघ सल्यानले सनिबार ११ औँ राष्ट्रिय निर्माण दिवस मनाएको छ । देशभरी झै सल्यानमा पनि “पुर्वाधार विकास, राष्ट्र निर्माणको आधार । बनौँ सर्वपक्ष जिम्मेवार ।।” भन्ने नाराका साथ दिवस मनाइएको हो ।

सदरमुकाम खलंगामा भएको कार्यक्रममा निर्माण व्यवसायी संघ कर्णाली प्रदेशका महासचिव डिल्ली केसी लगाएको सहभागीता रहेको थियो । जिल्ला अध्यक्ष राजेश गिरीको सभाअध्यक्षतामा भएको कार्यक्रमले सल्यानका स्थानीय तहहरुलाई टेन्डर गोलपत्र सुचना प्रकाशित गरि निमार्ण व्यवसायीबाट मात्रै काम गराउन आग्रह गरेको छ ।

उपभोक्ता समितीबाट काम राम्रो नहुने भन्दै निर्माण व्यवसायीबाट मात्रै काम गराउन कार्यक्रमले निर्णय गरेको छ । सिचाँई डिभिजन कार्यालय सल्यान, शारदा नदी, बनगाढ खोला, मर्म खोला, दार्मा खोला लगाएतका स्थानमा गर्न लागिएको तडबन्ध निर्माण कार्य टेन्डरमार्फत गराउन निर्माण व्यवसायी सल्यानले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार