• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको एक सहकारी संस्थाले दियो बचत व्यवस्थापन सम्बन्धी तालिम


नविन रावत
मंसिर २२, सल्यान ।

सल्यानको एक सहकारी संस्थाले आफ्ना संचालन समितीका सदस्यहरुलाई बचत व्यवस्थापन सम्बन्धी तालिम दिएको छ ।

जिल्लाको शारदा नगरपालिका ३ नयाँ बसपार्कमा रहेको चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमीटेडले आफ्ना संचालक समितीहरुलाई सहकारीमा बचत व्यवस्थापन सम्बन्धी एक दिने तालिम दिएको हो । बचत व्यवस्थापनमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार सो संस्थाको कार्यालयमा तालिम दिइएको हो ।

संस्थाका अध्यक्ष फत्तेजंग घर्तिको सभाअध्यक्षतामा भएको तालिमको सहजिकरण राष्ट्रिय सहकारी बैंक घोराही दाङका प्रमुख नारायण बेल्बासीले गरेका थिए । तालिममा करिब १५ जनाको सहभागीता रहेको थियो ।

छोटो समयमै सल्यान जिल्लाभरी आफ्नो कार्यक्षेत्र विस्तार गर्न सफल उक्त संस्थाले विभिन्न समयमा यस्ता तालिमको आयोजना गरेको छ । चेतना समाजिक उद्यमी सहकारी संस्था लि.मा अहिलेसम्म करिब ११ भन्दा धेरै सेयर सदस्य रहेकोे संस्थाका कार्यकारीक प्रमुख धन बहादुर नेपालीले लेकाली अनलाइनलाई बताएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार