• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा भ्रष्टाचार बिरुद्धको र्याली निकालिदै


सरिता चलाउने
मंसिर २२, सल्यान । 

सल्यानमा भ्रष्टाचार बिरुद्धको दिवसलाइ विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । प्रत्येक बर्ष डिसेम्बर ९ मा मनाईने यो दिवस जिल्लामा हरप्लेस सल्यान, सुशासन संघ नेपाल सल्यान र बागेश्वरी असल शासन जिल्ला शाखा सल्यानको सयूक्त आयोजनामा बिभिन्न कार्यक्रम गरी मनाईने भएको हो ।

अाइतबार बिहान जिल्लाको सदरमुकाम खलंगामा हुने कार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, नागरीक समाज पत्रकारहरुको उपस्थितिमा ¥याली, प्लेकार्ड र प्रतिबद्धता सहितको हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको छ ।

बिहान साढे ८ बजे पुरानो बसपार्कमा हुने उक्त कार्यक्रममा उपस्थिती भै प्रतिबद्धता सहितको हस्ताक्षर संकलन को लागी सबैलाई अनुरोध समेत गरिएको छ ।



प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार