• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान निवासी चर्चित गायक भागिरथ चलाउनेले ल्याए “बेशी गाउँको रोधी” (भिडियाे सहित)


श्रवन देवकोटा
मंसिर २२, सल्यान ।

सल्यान निवासी चर्चित लाेकदाेहाेरी गायक भागिरथ चलाउनेले “बेशी गाउँको रोधी” बाेलकाे गाेक गीत सार्वजनिक गरेका छन ।

जुन गीतमा भागिरथ चलाउने र सम्झना भण्डारीकाे अावाज रहेकाे छ । दिनेश सापकोटाको शब्द, भागिरथ चलाउनेकाे लय रहेको यस गीतमा मौसम हिमालीको निर्देशन रहेको छ ।

गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित गायक तथा मोडल रामजी खाँण र अलिस्मा चलाउनेले अभिनय गरेका छन्  दुर्गा पौडेलले छायांकन गरेकाे भिडियाेकाे सम्पादन प्रविन भट्टले गरेका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा उत्कृष्ट गीतहरु बजारमा ल्याउने भागिरथले यसअघि पनि थुप्रै चर्चित लाेक दाेहाेरी गीतहरु सार्वजनीक गरिसकेका छन् । सल्यान सिद्धकुमा घर भएका भागिरथले “मलेसिया साउदी दुवै छु” बाेलकाे गीतबाट सांगीतिक यात्रा सुरु गरेका थिए । सुरुकै गीतबाट चर्चा कमाएका भागिरथले “कसलार्इ साेध्ने हाेला” बाेलकाे सुपरहिट गीतमा समेत अावाज दिएका छन् । जुन गीतकाे युटुवमा views ३० लाख भन्दा धेरै गएकाे छ ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार