सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले गरे जग्गा दान




लेकाली अनलाइ 
मंसिर २२, सल्यान ।

सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ ।

जिल्ला न्यायाधीश मदन धामी, शानपा नगरप्रमुख सुरेश अधिकारी र प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले संयुक्त रूपमा सनिबार भवनको शिलान्यास गरेका हुन् । शिलान्यास पछि भएको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी शारदा नगरका प्रमुख सुरेश अधिकारीले शान्तिको क्षेत्रमा काम गर्ने संस्थाहरूको विकास गर्नुपर्ने बताएका छन ।

उनले वर्तमान सरकारले ८० प्रतिशत भन्दा बढि हिन्दु भएको देशमा अन्य धर्मको प्रचार गर्ने खालका कार्यक्रम गरेको भन्दै अलोचना गरेका छन । उनले प्रधानमन्त्री केपी वलीले इसाइ धर्मको प्रचार गर्ने कार्यक्रम गर्न दिनुले देशमा धर्ममा परिवर्तन गर्ने र शान्ती सुव्यवस्था कायम हुनेमा खलल गर्ने कामलाइ हासला दिएको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सल्यानमा भवन सिलान्यास भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

कायक्रममा शारदा नगरपालिका २ का वडा अध्यक्ष केशव सिंह श्रेष्ठ, ३ अध्यक्ष टोप बहादुर थापा, पत्रकार डिल्लीराज रावत लगायतले सम्बोधन गरेका थिए ।

खलङ्गा स्थित वयालडाँडा नजिकै भवन निर्माण हुने भवनका लागि शारदा नगर पालिकाले ९ लाख रुपैया अनुदान दिएको छ भने वडा नम्वर ३ का वडा अध्यक्ष टोप बहादुर थापा र पुर्वसभाषद् धिरेन्द्र श्रेष्ठले ६ आना जग्गा उपलव्ध गराएका छन ।

भौतिक र आध्यात्मिक सोचको उपयुक्त प्रयोगबाट मात्र जीवन फलदायी बन्छ भन्ने मुल दर्शनका साथ विगत ३ वर्ष देखि सल्यानमा सन्चालित विद्यालयको आफनै भवन थिएन। आफनै भवन निर्माण पछि समाज रुपान्तरणको अभियान लाई व्यवस्थित रुपमा सन्चालन गर्न सहयोग पुग्ने आशा लिएको सन्चालक हरुले बताएका छन।

व्रह्मकुमारी इश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय तुल्सीपुरका प्रमुख राजयोगीनी गीता दिदिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजयोजी व्रह्मकुमार शिवलाल महताराले गरेका थिए भने कार्यक्रमको उद्येश्यका बारेमा व्रह्मकुमार माधव तिमिल्सेनाले जानकारी दिएका थिए । व्रह्मकुमारी यसोदाले सहभागीलाइ स्वागत गरेको कार्यक्रममा सहभागीहरूले विभिन्न व्यक्तिका नाममा रकम प्रदान गरेका छन ।

सनिबार नै विभिन्न व्यक्तिबाट ३ लाख नगद र सल्यानको हुलाक अधिकृत धिरेन्द्र भण्डारीबाट १ अाना जग्गा प्राप्त भएको ब्रह्माकुमारीज सेवा केन्द्र सल्यानले जनाएको छ ।

कार्यक्रममा सल्यान, प्युठान, रोल्पा, रुकुम, दाङ बाट २०० सहभागी भएको अायोजकले जनाएको छ ।



प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार