• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दार्मा गाउँपालिकाको सडक निर्माण कार्य रोक्का गर भन्छ जन परिषद सल्यान


लेकाली अनलाइन
मंसिर २३, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी निकटको जन परिषद सल्यानले जिल्लाको दार्मा गाउँपालिका भित्र निर्माण गर्न लागिएको सडकको काम रोक्का गर्न माग गरेको छ ।

जन परिषदका प्रमुख प्रतिकले एक विज्ञप्ती सार्वजनिक गर्दै दार्मा गाउँपालिका भित्र पर्ने मौलेहाल्न, फारुला, दार्माकोट जोडिएको मोटरबाटोको डिपिआर नगरि टेण्डरमार्फत निर्माण गर्न लागिएको भन्दै निमार्ण कार्य नगर्न माग गरेका छन् । विज्ञप्तीमा भनिएको छ– “मंसिर १९ गते गाउँपालिकाका कर्मचारीको मिलेमतोमा उच्च सुरक्षाको घेराबन्दी गरी गलत तरिकाले टेण्डर खोलिएको हुँदा यस्तो गलत रबैयाको सल्यान जिल्ला जनपरिषद घोर भत्र्सना गर्दछ ।”

साथै यस्तो निर्माण कार्य गरिएमा सम्बन्धीत पक्ष सँग जुनसुकै प्रकारको प्रतिबाद गर्ने भन्दै जनपरिषदले त्यसबाट उत्पन्न हुने परिबेशको जिम्मेबार सम्बन्धीत पक्ष नै जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ ।
हेर्नुहोस् विज्ञप्ती

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार