• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

“म भ्रष्टाचार गर्दिन” भन्दै सल्यानमा मेयर र सिडियो सहितका व्यक्तीहरु सडकमा


लेकाली अनलाइन
मंसिर २३, सल्यान ।
म भ्रष्टाचार गर्दिन भन्दै सल्यानमा मेयर र सिडियो सहितका सरोकारवाला व्यक्तीहरु सडकमा प्लेकार्ड सहित र्यालीमा सहभागी भएका छन् ।

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसमा आइतबार सल्यान सदरमुकाम खलंगामा भएको र्यालीमा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल लगाएतका व्यक्तीहरु सहभागी भएका थिए । “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र सहन्न, भ्रष्टाचार विकासको बिरोधी हो” प्लेकार्ड सहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि सुरक्षाकर्मी, पत्रकार लगाएतका व्यक्तीहरु सडकमा र्यालीमा सहभागी भएका थिए ।

खलंगाको पुरानो बसपार्क बाट सुरु भएको र्याली टुडिखेल गएर पुनह बसपर्कमा पुगी कोणसभामा परिनत भएको थियो । “म भ्रष्टाचार गर्दिन, म प्रतिबाद गर्छु, यो अभियान सफल पारौ, भ्रष्टाचार शुन्यमा झारौ” भन्दै सरोकारवाला व्यक्तीहरुले प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले भ्रष्टाचार गर्ने भन्दा पनि भ्रष्टाचार हुनै नदिन तर्फ खबरदारी गर्नुुपर्ने बताएका छन् । रकम लिन मात्र नभएर सार्बजनिक पदमा रहेका ब्यक्तिहरुले जिम्मेवारी बहन गरेन भने त्यो पनि भ्रष्टाचार भएको मानिने बताउदै उनले यस्ता कुराहरुलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने बताए ।

उनले भने– “जहाँ शुसान बढि हुन्छ त्यहाँ भ्रष्टाचार कम हुन्छ, जहाँ भ्रष्टाचार बढि भयो भने त्यहाँ शुसान कम हुन्छ ।” प्रकियालाई पु¥याएर काम गरेपछि भ्रष्टाचार आफै कम भएर जाने प्रजिअ ढकालले बताएका छन् ।

भ्रष्टाचार विकास बिरोधी भएकाले सबैले यसतर्फ ध्यान दिएर पुर्ण रुपमा शुन्य झार्नुपर्ने शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीले बताए । आफु चुनाब लडदा बेला नै म भ्रष्टाचार हुन दिन्न भनेर प्रतिबद्धता जनाई सकेकाले यसमा आफुलाई सबैले सहयोग गर्नुपर्ने उनले बताए ।
उनले भने– “असल समाज निर्माणको लागी भ्रष्टाचार खतरनाक शब्द हो, भ्रष्टाचारले कुसस्कार निर्माण गर्छ ।” यस बिरुद्धमा सबै लागेपछि असल समाज निर्माण गरेर विकासको तिब्रगति लिने उनले बताए । भ्रष्टाचार हुनदिन्न, म सहदिन भनेर आफु बिगद देखिनै लागेको बताउदै उनले यो अभियानमा सबैले जोड दिन आग्रह गरे ।

भ्रष्टाचार विरुद्धको दिवसको यस वर्षको नारा भ्रष्टाचारलाइ नाइ भनौं, हरेक नाइको मुल्य हुन्छ भन्ने रहेको छ । प्रत्येक बर्ष डिसेम्बर ९ मा मनाईने यो दिवस जिल्लामा हरप्लेस सल्यान, सुशासन संघ नेपाल सल्यान र बागेश्वरी असल शासन जिल्ला शाखा सल्यानको सयूक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले भ्रष्टाचार विरुद्ध सुन्य सहनशिलता कायम गर्न हस्ताक्षेर संकलन गरेका हुन ।

हरप्लेस सल्यानका जिल्ला अधिकृत दिपेन्द्र शाहीले सन्चालन गरेको कार्यक्रममा हरप्लेसका संयोजक रामचन्द्र गेग्मीले अपिल पत्र बढेर सुनाएका थिए । कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि सुरक्षाकर्मी, पत्रकार लगायतको उििपस्थति रहेको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार