• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा दुरसंचारका हाकिम भ्रष्टाचारी भन्दै सार्वजनिक कार्यक्रममा हस्ताक्षर


लेकाली अनलाइन
मंसिर २३, सल्यान ।

सल्यानमा दुरसंचारका हाकिम माथि एक व्यक्तीले भ्रष्टाचारको आरोप लगाएका छन् ।

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा सल्यान सदरमुकाम खलंगामा आइतबार भएको कार्यक्रममा खलंगामा स्टेसनरी पसल व्यवसायी गर्दै आएका कुमाख पत्रिकाका सम्पादक प्रेम शर्माले दुरसंचारका हाकिम भ्रष्टाचारी भएको आरोप लगाएका हुन् । “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र सहन्न” लेखिएको व्यानरमा हस्ताक्षेर संकलन गरिरहदा प्रेम शर्माले “दुरसंचारका हाकिम भ्रष्टाचारी प्रमाण सहित” लेखेर हस्ताक्षर गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले व्यानरमा हस्ताक्षर गरिसकेपछि शर्माले भ्रष्टाचारको आरोप लगाउदै हस्ताक्षर गरेका हुन् । दुरसंचारका हाकिम भ्रष्टाचारी भएको भन्दै उनले आफुसँग पुरा प्रमाण भएको दाबी गरेका छन् । आबश्यक परे प्रमाण देखाउने भन्दै उनले कार्यक्रम स्थलमा प्रमाण देखाएका छैनन् ।


यता प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले भ्रष्टाचारी भएको भए प्रमाण सहित सम्बन्धीत निकायमा पेस गर्नुपर्ने भन्दै सार्बजनिक कार्यक्रममा व्यक्तीगत मानहानी गर्न नहुने बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले प्रमाण विना नै सार्वजनिक कार्यक्रममा व्यक्तीगत मानहानी गर्न नहुने बताएका छन् ।

भ्रष्टाचारीको प्रमाण देखाए अदालतले दोषी ठहर गरेपछि दुरसंचारका हाकिम माथी कारबाही हुने भन्दै प्रजिअ ढकालले पुरा प्रमाण देखाउन नसके आरोप लगाउने शर्मामाथी मानहानीको कारबाही हुने बताएका छन् ।

साँच्चिकै दुरसंचारका हाकिम भ्रष्टाचारी हुन कि प्रेम शर्माले झुटो आरोप लगाएका हुन यो प्रकृया अघिबढे भोलीका दिनमा आफै देखिने छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार