• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

महिलाको सोच परिवर्तन नभएसम्म महिला हिंसाको अन्त्य हुँदैन् : कुमाख गाउँपालिका अध्यक्ष बुढा


लेकाली अनलाइन
मंसिर २४, सल्यान ।
सल्यान कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले महिलाको सोच परिवर्तन नभएसम्म महिला हिंसाको अन्त्य नहुने बताएकी छन् ।

सोमबार गाउँपालिकाको केन्द्र रागेचौरमा भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरुले आफुलाई कमजोर ठान्ने पुरानै सोचले महिलाको विकास हुन नसकेको बताएकी छन् । स्थानीय तहको प्रमुखमा कार्णली प्रदेशकै एकमात्र महिला रहेकी बुढाले समाजका रुढिबादी, कुसंस्कार अन्त्य भएमा महिला हिंसा अन्त्य हुने बताएकी छन् ।

उनले भनिन्– “महिलाहरुले आफुलाई कम्जोर र हिन्ताबोध नसोच्नुहोस्, पुरुषको बाराबरी काम गर्न सकिन्छ । देश चलाउने सम्मको सोच बनाउनुहोस् ।” उनले अहिले सबैभन्दा धेरै महिलाहरु हिंसामा परेको बताएकी छन् । सासुबाट बुहारी हिंसामा परेका घटना स्मर गराउदै उनले कसैबाट हुने हिंसा नसहन पनि आग्रह गरेकी छन् ।

महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन नसकेको कारणले पनि महिला हिंसा बढेको उनको भनाई छ । पुरुषको कमाईमा आर्थिक गुजारा गर्दा महिलाहरु तल्लो स्थरमा परेको उनले बताइन्. । उनले महिलाहरुलाई उत्पादन क्षेत्रमा सकृय भएर पुरुषहरुलाई पाल्न सक्ने आट गर्न आग्रह गरेकी छन् । उनले कुमाख गाउँपालिका भित्र उत्कृष्ट कृषी गरेर आर्थिक उत्पादन गर्ने महिलालाई गाउँपालिकाले पुरुस्कृत गर्ने समेत बताइन् ।

हिजोका दिन भन्दा आज महिला हिंसा कम भएको भन्दै उनले १० बर्षको क्रान्तिले महिलाको अधिकार स्थापित गरेको दाबी गरेकी छन् । अहिले अधिकार आएपनि कानुन कार्यन्वयन हुन नसकेको भन्दै कार्यन्वयन गर्न सरकारलाई आग्रह गरेकी छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाअध्यक्ष डिल्लीराज जैसीले महिला हिंसा अन्त्यको लागी आफ्नो गाउँपालिकाले एउटा टिम बनाएर अगाडि बढ्ने बताएका छन् । लैंगिक हिंसा अन्त्यको लागि महिला र पुरुष दुवैले सहकार्य गरेर अन्त्य गर्नुपर्ने उनले बताए ।

हरप्लेस सल्यानका रामचन्द्र रेग्मीले मानिसले पाउने अधिकारको सदुपयोग गर्नपर्ने बताएका छन् । विश्वभरि नै महिला पछाडि परेको भन्दै उनले महिलालाई अगाडि ल्याउन अधिकार सुनिक्षत गर्नुपर्ने बताएका छन् । महिलाहरुलाई अगाडि नल्याउदा सम्म विकास नहुने भन्दै उनले महिला हिंसा शुन्यमा झार्नुपर्ने बताए ।

स्थानीय तहले महिलालाई माथि उठाउने प्रयास गर्नुपर्ने भन्दै उनले महिला र पुरुषमा हुने समाजिक विभेद अन्त्य हुनुपर्ने बताए । स्थानीय निकायहरु जनताप्रति जवाफदेही भएर हरेक नागरिकको संरक्षण तिर लाग्नुपर्ने उनको भनाई छ ।

हरप्लेस सल्यान र कुमाख गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम र्याली निकालेर कार्यक्रममा परिनत भएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारी, शिक्षक, वुद्धिजीबि, पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार