• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा पिएसआइको १५ महिने परियोजना सकियो


लेकाली अनलाइन 
मंसिर २४, सल्यान ।
मानिसमा व्यवहारमा परिवर्तन नहुनुले उनिहरुको स्वास्थ्यमा समस्या देखिने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन ।

कुनैपनि व्यक्तिको व्यवहार परिवर्तन संचार भएमा मात्रै उनिहरुको स्वास्थ्य राम्रो हुने भन्दै समाजस्तरमा अन्तरव्यक्ति संचारको आवश्यकता भएको औल्याएका हुन । १५ महिना अघि देखि सल्यानमा संचालित महिला स्वास्थ परियोजना समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन ।

६० भन्दा बढि देशमा कार्यरत पिएसआई नेपालले सामाजिक बजारिकण तथा निजीक्षेत्रसंग सहकार्य गर्दै यो परियोजना संचालन गरेको थियो । मातृमृत्युदर कम गर्नलाई परिवारनियोजनका साधन सप्लाई तथा समुदायमा जानकारी दिने गरी महिला स्वास्थ्य परियोजनाले परिवार नियोजनका लागि १२ बर्षे ओके आयुसिडि र सुरक्षीत गर्भपतनका लागि औषधीको प्रयोगबाट गरिने गर्भपतनका क्षेत्रमा सरकारी तथा निजि क्षेत्रसंग सहकार्य गरेर काम गरेको थियो ।

परियोजनाको माताहतमा रहेर विभिन्न क्षेत्रमा कामगर्ने स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान पनि प्रदान गरेको थियो । नेपालमा २००२ सुरक्षति गर्भपतनको सुरुवात भएपछि यो क्षेत्रमा यो संस्थाले काम गर्ने अवसर पाएको हो ।

स्वास्थ्य कार्यालय सल्यानका प्रमुख राम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन परियोजनाका सल्यान प्रमुख रेशम डिसीले गरेका हुन । समापन कार्यक्रममा परियोजनाले सल्यानमा गरेको कामका बारेमा परिवार नियोजन अधिकृत खिमेन्द्र शाक्यले सहजिकरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष समेत रहेका प्रमुख राम बहादुर नेपालीले परियोजनाले गतिविधि गर्दा विभिन्न व्यक्तिलाई तालिम दिने तर उनिहरुको सरुवा हुनुले परियोजनाले सोचेको काम गर्न असहज हुने बताए । अस्पतालमा एउटै मान्छे पटकपटक गर्भपतनका लागि आएको हुन्छ त्यसकारण इम्प्लान्टको अति जरुरी देखिन्छ भन्दै उनले यसको महत्व बुझाउन जरुरी रहेको बताएका छन ।

सल्यान अस्पतालका डाक्टर अर्जुन बुढाले समाजमा चाँडो विवाहका कारण चाँडो बच्चा जन्माउनेहरु छन । परिवार नियोजनका साधन प्रयोग नगर्ने तर गर्भपतन गर्ने दर अहिले बढेको पाइएको छ त्यसकारण यो क्षेत्रमा काम गर्न जरुरी छ ।

त्यस्तै पिएसआईका क्षेत्रिय कार्यालयका कार्यक्रम संयोजक विर्खराज जोशीले आफहरुले परिवार नियोजनका साधन प्रयोग गर्नुस, गर्भपतन गर्ने अवस्था आउन नदिनुस, गर्भपतन गर्दा पनि महिलाको स्वास्थ्यमा समस्या देखापर्न सक्छन भनेर नै परियोजनाले चेतना दिने बताउदै ४ चौथो चरणको परियोजना समाप्त भएपनि पाँचौ चरणको कार्यक्रमका लागि पनि सल्यानलाई पनि लिस्टमा राखेको बताए ।

परियोजनालाई सल्यानमा पुनः परियोजना संचालन गर्नलाई सहभागिले अनुरोध गरेका थिए भने परियोजना संचालकलाई स्वास्थ्य कार्यालयले कदरपत्र पनि प्रदान गरेको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार