• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानको रेडियो राप्ती एफ.एम. १२ वर्षमा प्रवेश


लेकाली अनलाइन
मंसिर २६, सल्यान ।
सल्यानको रेडियो राप्ती एफ.एम. ११ वर्ष पार गरेर १२ बर्षमा प्रवेश गरेको छ ।

२०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको शारदा मिडिया संगमद्धारा सञ्चालित सामुदायिक रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्ज ११ औँ बर्ष पुरा गरेर १२ बर्षमा प्रवेश गरेको हो ।अहिले रेडियोले समाचार, सुचना, बिज्ञापन, गीत संगित प्रशारण गर्दै आएको छ ।

१ सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको रेडियोका प्राविधिक प्रमुख शिव डाँगीले बताए । यो रेडियो सल्यान जिल्लाको पहिलो रेडियो हो ।

बार्षिक उत्सवको अवसरमा आज रेडियोले जिल्ला कारागार सल्यानका कैदिबन्दीलाई रेडियो र बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले
बताएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार