• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

बाजागाजा र झाँकी सहित सल्यानको खैराबाङमा भगवतीको प्रतिमा प्रस्थान


मंसिर २७, सल्यान ।
सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन गरिएकोछ। खैराबाङ्ग भगवती मन्दिरमा पुग्नका लागि शारदा नगर पालिका १ स्थित श्रीनगर बजारबाट बाजागाजा र झाँकी सहित प्रतिमालाई शोभायात्रा गराइ प्रतिस्थापन गरिएकोहो।

जिल्लाकै धार्मिक आस्थाको धरोहर खैरावाङ्ग मन्दिरमा विवाह पञ्चमीको अवसरमा बुधबार नयाँ प्रतिमाको प्रतिस्थापन शानपा प्रमुख सुरेश अधिकारीले प्राणप्रतिष्ठा सहित गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल र नगरका उप प्रमुख सावित्रा वस्नेतले पनि प्राणप्रतिष्ठा पुजामा सरिक थिए। प्राणप्रतिष्ठामा जिल्लाका सुरक्षानिकायका प्रमुख तथा पत्रकारहरूको पनि सहभागिता थियो ।

पुजामा नपाका प्रवक्ता एवम शानपा १२ का अध्यक्ष दिपक हमाल, ४ , ५, ९, १० र ११ का अध्यक्षहरु सुधन विस्ट, प्रदिप शाही, चक्र बहादुर घर्ती, रेशम बुढाथोकी र राम शिङ्ह बुढाथोकी पनि समारोहमा सरिक थिए ।

नयाँ प्रतिमाको प्राणप्रतिस्ठाको आयोजना खैरावाङ्ग भगवती मन्दिर व्यवस्थापन समितिले गरेकोहो। समितिका अध्यक्ष छवि कुमार शर्माका अनुसार समितिले मन्दिरका लागि एक थान भगवतिको प्रतिमा (मुर्ती) र २ थान बाघका मुर्तिहरु प्रतिस्थापन गरेकोछ।

जिल्ला भित्र र बाहिर हिन्दु आस्थाको केन्द्रको रुपमा रहेको मन्दिर लाई व्यवस्थापन गर्ने काम भैरहेकोछ । मन्दिरमा रहेका अमुल्य वस्तुहरु २ दशक अघि हराएका थिए ।

शारदा नगरपालिकाको प्रत्यक्ष निगरानिमा हाल नयाँ व्यवस्थापन समितिको गठन गरि मन्दिर लाई धार्मिक प्रयटकिय क्षेत्र वनाउने प्रयाश थालिएकोछ। शारदा नगरपालिका ११ मा रहेको खैरावाङ्ग भगवती मन्दिरमा पुजापाठ गरे मनले चिताएको प्राप्त हुने धार्मिक विश्वास छ । धार्मीक आस्थाको केन्द्र खैरावाङ्गमा दशैका सबैदिन पजापाठ र वली चढाउने चलन छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार