• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे मुक्तिनाथ विकास बैंकले विद्यालयमा साक्षरता कार्यक्रम गर्याे


मंसिर २७, सल्यान ।

सल्यानकाे शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेडले सल्यानले २०७ औँ विद्यार्थी लक्षित वित्तिय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।

बिहीबारको आवश्यकता विद्यार्थीहरुमा वित्तिय साक्षरता भन्ने मुल नारालाई आत्मसात गर्दै शाखा कार्यालय श्रीनगरले शारदा नगरपालिका वडा नं. १ शितलपाटिमा रहेको शिव जन माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीलाई आजै देखि नै बचत गर्ने बानीको विकास गराउने उदेश्यले आफ्नो जिवन स्तरलाई सार्थक बनाउने अभियान अन्तर्गत शिव जन माध्यामिक विद्यालयका ११ र १२ कक्षाका व्यवस्थापन तथा शिक्षा संकायका विद्यार्थी र शिक्षक गरि १३० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको शाखाका प्रवन्धक दोलराज शर्मा पोख्रेलले बताए ।

कार्यक्रममा आम्दानी, खर्च, कर्जा, बजेट जोखिम बिमा जस्ता विषयमा अन्तरक्रिया र प्रश्नउत्तर छलफल गरिएको उनले बताए । कार्यक्रममा विद्यार्थीहरुले बचत गर्न प्रोत्साहन गरेको फजुल खर्च कटौति गर्न सिकाएको तथा बैंक सम्बन्धी निति नियम बुझेको प्रतिकृया दिएका थिए । विद्यालयका सहायक प्र.अ. शिवलाल थापाले यस्तो रचनात्मक तथा जानकारी मुलका कार्यक्रम आफ्नो विद्यालयमा ल्याएर राम्रो काम गरेको भन्दै अझैँ यस्ता कार्यक्रमहरु बढाउँदै लैजानु तथा बैंकको उत्तरोउत्तर प्रगतिको कामना सहित धन्यवाद व्यक्त गरेका थिए ।

विद्यालयका सहायक पधानध्यापक शिवलाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहजिकरण मुक्तिनाथ विकास बैंक लिमिटेडका तुल्सीपुर अनुगमन अधिकृत सुनोद पौडेल तथा श्रीनगर शाखाका प्रवन्धक दोलराज शर्मा पोख्रेलले गरेका थिए । साना तथा लघु बैंकिङ डेस्क कार्यालय श्रीनगरका डेस्क प्रमुख गेहेन्द्र भट्टराईले कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन साना तथा लघु बैंकिङ डेस्क कार्यालय श्रीनगरका कर्मचारी डिल्ली रानाले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार