• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा सत्तारूढ नेकपा प्रति कार्यकर्ताको असन्तुष्टि, विप्लव नेकपा तिर प्रवेश


दुर्गा वि.सी.
मंसिर २७, सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा नेकपा प्रति र्काकर्ताको दिनप्रतिदिन विर्तिसना बढ्दै गएको छ ।

केहि समय अघि देवस्थल सल्यानको वडा १ बाट नेकपाकै दर्जन युवा समुह विप्लव नेकपामा प्रवेश गरे भने त्यस लगतै बामे २ लाहाघाटबाट ५० औ संख्यामा नेकपाकै कार्याकता विवेकशिल साझामा प्रवेश गरेका छन् । पार्टिको गतिविधी प्रति सन्तुष्ट नभएका कार्याकर्ताहरु अन्य पार्टिको पर्खाईमा रहेका छन् ।

नेकपाको संगठन र स्थानीय स्तरमा कमिटी नहुदाँ समस्या देखिएको छ । साविक मुलखोला गाविस वडा ४, ५,९,११ र १२ मा पनि पुर्व माओवादि र सिमित एमालेका अगुवा नेताहरुको निर्णय प्रति दुवै पार्टिका कार्याकर्तामा चरम असन्तुष्टि देखिएको छ । सिमित नेकपाका नेताहरुमा कोठे वैठकमा आफुखुसी गर्ने निर्णय प्रति पुर्व माओवादि र पुर्व एमालेका शुभ चिन्तक तथा कार्यकर्ताहरु रुष्ट वनेका छन् ।

विकासे कामकाजको समिति गठन देखि आसेपासेलाई काखि च्यापेको,मनपरि काम गरेको,काम गर्दा पारदर्शि नगरेको,उपभोक्ताबाट लाखौ रकम वचाएर वाँडचुड गरि खाने काम गरेको आफ्नै नेताहरुलाई कार्याकर्ताले आरोप लगाएका छन् । जनप्रतिनिधी देखि नेकपाका नेताहरुलाई आफ्नै कार्याकर्ताले खुलेयाम गालीगलौज गरेको सुनिन्छ । स्थानीय स्तरमा नेकपाका नेता प्रति कार्याकर्ता निक्कै रुष्ट वनेका छन् ।

नेकपाका नेताहरुको काम गर्ने कार्याशैलि प्रति आम नागरिक समेत सन्तुष्ट नभएको देखिन्छ । स्थानीय स्तरमा गत वर्ष सञ्चालन भएका खानेपानी निर्माण र बाटाघाटाको काम हेर्दा त्यसबाट नागरिकलाई खासै सुविधा नभएको र काम राम्रोसँग नभई रकम वचाई खाने काम भएको स्थानीय आफ्रनै कार्याकर्ताको आरोप छ ।

घाँजरिपिपलको वडा ६ वाहेक अन्य ११ वटै वडाका सम्पुर्ण विकासे काम काजमा नेकपाकै समितीमा अध्यक्ष तथा सचिव रहेका थिए । उक्त कामहरु भरपर्दो र प्रत्यक्ष नागरिकलाई सुविधा हुने खालको नभएको स्थाीयको वताउँछन् । अधिकांस क्षेत्रमा निमार्ण गरिएका खानेपानीका कामकाज अधुरै रहेका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार