• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङमा एक युवक हाेटलमा मृत अबस्थामा भेटिए


मंसिर २८, दाङ ।

दाङमा एक युवक हाेटलमा मृत अबस्थामा भेटिएका छन् ।

जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नं. १५ स्वर्गद्धारी एफएम रोडमा रहेको ईट ओ क्लक रेष्टुरेन्टमा ३७ बर्षीय भुपेन्द्र डाँगी मृत अबस्थामा भेटिएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका घर भएका मृतक डाँगी तीन महिना देखि होटलमा कार्यरत रहेको होटल सञ्चालक निमकान्त डाँगीले बताए ।

डाँगीले रातको समयमा होटलको सम्पुर्ण जिम्मेवारी लिने गरेको सञ्चालक डाँगीले बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार