• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको पाथिभरा लेकमा नेपाल टेलिकमको टावर पुनः स्थापना हुँदै


मंसिर २९, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा रहेको पाथिभरा लेकमा नेपाल टेलिकमको टावर स्थापना हुने भएको छ ।

समुन्द्री सतह देखि २७ सय मिटरभन्दा धेरै उचाईमा रहेको पाथिभरा लेकमा लामो समयमको प्रयासपछि पुनः टावर स्थापना गर्न लागिएको हो । १० बर्षे जनयुद्धको समयमा क्षदविक्षद भएको पाथिभरा टावर पुनः संचालन गर्न लामो समय लागेको हो ।

केहिदिन अघि नेपाल टेलिकम नेपालगन्जका इन्जिनियर आएर पाथिभरामा आएर टावरको अनुगमन गरेको र अबको ६ महिना भित्रै टावर निर्माण गरिसक्ने स्थानीय नेकपाका युवा नेता हिमाल यात्रीले लेकाली अनलाइनलाई जानकारी दिए ।

सल्यान जिल्लाका प्राय धेरै भागहरुमा टेलिफोनले काम गर्ने उक्त टावर सल्यानमा सुरुवाती समयमा नै स्थापना गरिएको थियो । यो टावर जनयुद्धमा टावरका प्राय समानहरुमा क्षदविक्षद भएपनि टावर भत्किएको छैन् ।

यो टावर स्थापना भएपछि सल्यानको छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, शिद्धकुमाख गाउँपालिका, कपुरकोट गाउँपालिका, शारदा नगरपालिका, बागचौर नगरपालिका, रोल्पाको सुकिदह गाउँपालिका, त्रिवेणी गाउँपालिका लगाएत रुकुमको केहि भु–भागमा समेत काम गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २९ गते शनिवार