दाङमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा एक जनाको ज्यान गयो


पुस १, दाङ ।

दाङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेनामा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा बबई गाउँपालिका वडा नं. ७ डाँडागाउँ निवासी ५८ बर्षीय नेत्र बुढाथोकीको मृत्यु भएको हो ।

गएराती साढे ९ बजेतिर ठक्कर दिदा बुढाथोकीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १ गते आइतवार