• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

मालपोत कार्यालय सल्यानमा बिचौलियाको बिगबिगी, बिचौलिया बिना काम गर्दैनन् कर्मचारी !


पुस ३, सल्यान ।
कपुरकोट गाँउपालिका–५ रिमका देवराज घर्ती सल्यान बसपार्कमा बसबाट झर्नै लाग्दा केहि उनलाई कहाँ जाने हो भनेर सोधेपछि उनले मालपोत कार्यालयमा जाने भनेर जवाफ दिएपछि करिब ५ जना व्यक्तिले उनलाई हामी तपाँईको काम गरिदिन्छौँ, म बाट छिटो हुन्छ भन्दै उनलाई हातका पाखुुरा समाउन खोजे ,धेरै जनाले हामी काम गरिदिन्छौँ भनेपछि केहि समयपछि एकजनाले उनलाई लिएर गए । मालपोत कार्यालयमा काम पनि गराइदिए उनले । काम गराएवाफत देवराजले उनलाई ३ हजार रकम दिए । उनले भने– “हामीले भनेको कर्मचारीले नसुुनेजस्तो गर्छन्, काम पनि छिटो गर्दैनन् , उनी संग गएपछि काम छिटो पनि भयो” ।

त्यस्तै त्रिवेणी गाँउपालिका–३ का भक्तबहादुर भण्डारीले पनि आफुले पनि मालपोत कार्यालयमा ६ हजार तिरेर काम गरेको बताए । उनले मालपोत कार्यालयमा २ दिनदेखि लगातार काम हुन नसकेपछि बिचौलिया मार्फत काम गरेको बताए । उनले भने– “कार्यालयमा कर्मचारीले सिधैँ पैसा माग्दैनन् , विभिन्न बहानामा काम पनि गर्दैनन् , कर्मचारीले बिचौलियाले भनेपछि तुुरुन्तै छिटो गर्ने गरेका छन् । कार्यालयमा सेवाग्राही भन्दा बिचौलियाको बढी हुुन्छ सर्बसाधरण मानिसको त कामै गर्दैनन् कर्मचारी, के गर्नुु कर्मचारीलाई अप्रत्यक्ष रुपमा भएपनि घुुस दिनुु परिरहेको छ ।”-उनले भने ।

मालपोत कार्यालय सल्यानमा देवराज र भक्तबहादुर त उदाहरण मात्रै हुुन् कार्यालयमा सेवाग्राही बिचौलियाबाट लुुटिने र कर्मचारीबाट सास्ती पाउने गरेका छन् । कार्यालयका कर्मचारीले बिचौलियाको मार्फत आएको काम छिटो गरिदिने र सेवाग्राहीको काम विभिन्न बहानामा रोकिदिने गर्ने गरेको सेवाग्राहीले गुणासो गरेका छन् । कार्यालयमा अधिकांश विचौलियाको हालिमुुहाली चलिरहेका छ । कार्यालयमा बिचौलियाको बिगबिगी हुुँदा नागरिकले सास्ती पाएका छन् । कर्मचारीले बिचौलिया संग मिलेमतो रहेको सेवाग्राहीले गुुणासो गरेका छन् ।

कर्मचारीले सिधै पैसा माग्दैनन् , बिचौलियाले असुुल्ने मोटो रकम कर्मचारी सम्म पनि जान्छ होला र त बिचौलिया बिना काम छिटो हुुँदैन् बनगाड कुुपिण्डे नगरपालिका–४ की माया रावतले बताईन् । उनले भनिन्– “मालपोत कार्यालयमा बिचौलियाका कारण हामीले सास्ती पाएका छौँ, खै कुुनै निकायले कुुनै चासो दिदैँन , सायद परिवर्तन भनेको यहि होला ।” उनका अनुुसार बिचौलियाले प्रतिव्यक्ति १५ सय असुुल्ने गरेका छन् । काम छिटो पाउनका लागि पनि बिचौलियालाई सर्बसाधरण नागरिकले मोटो रकम तिर्न बाध्य छन् भने कार्यालय परिसरमा बिचौलियाको बिगविगीले नागरिकले सास्ती पाएका छन्, कर्मचारी मोटाएका छन्”- उनले भनिन् ।

मालपोत कार्यालय प्रमुुख लिलाबहादुुर बस्नेतले भने कार्यालयमा बिचौलियाले नआएको दावि गरे। “काम ढिलो हुुन्छ कर्मचारीको अभाव छ तर सेवाग्राहीलाई सकेसम्म छिटो काम गरिदिने गरेका छौँ “- उनले भने- “कार्यालयमा सेवाग्राही बाहेक अरु मानिस पनि प्रवेश गर्ने गर्छन् तर हामीले बिचौलियाले लिएर आएको कामलाई प्राथमिकता दिने गरेका छैनौँ ।” कार्यालयमा काम ढिला सुुस्ती हुने गरेको स्विकार गर्दै उनले भने– “सेवालाई प्रभावकारी बनाएका छौँ , कर्मचारी अपुुग छ छिटै समाधान हुुन्छ अब ।”

साढे तीन बजे पछि काम गर्दैनन् कर्मचारी

मालपोत कार्यालय सल्यानमा कर्मचारीले आधा घण्टा अघि नै काम बन्द गर्ने गरेका छन् । कार्यालय समयमा साढे तीन बजे नै काम नगर्ने गरेको सेवाग्राहीको भनाई छ । कार्यालयका कर्मचारीले हामीलाई सरकारले चिया खाने समय आधा घण्टा दिएको छ भन्दै काम नगर्ने गरेको सेवाग्राहीले बताएका छन् । कार्यालयका एक कर्मचारीले भने– साढे तिन बजेपछि काम गर्न सकिन्न, सरकारले नै हामीलाई चिया खाने समय छुुट्याएको छ । मालपोत कार्यालयमा कर्मचारीले दिउँसो ३ : ३० बजे नै कर्मचारीले काम नगरेपछि बिचौलिया बिना काम गर्न खोज्ने सेवाग्राही समस्यामा परेका छन् । कार्यालयका कर्मचारीले बिचौलियको काम भने गर्ने गरेका छन् ।

कार्यालयमा साढे तिन बजे नै कर्मचारीले सेवाग्राहीको काम नगर्दा पनि कार्यालय प्रमुख लिलाबहादुुर बस्नेत भने मुुखदर्शक बनेका छन् । मालपोत कार्यालयका कर्मचारीले साढे ३ बजेपछि काम गर्न मिल्दैन् र ? भन्ने प्रश्नमा उनले भने– “काम गर्नुुपर्छ तर कर्मचारीले खै किन साढे तिन बजे नै काम छोड्छन् ।” जिम्मेवारहिन जवाफ दिँदै उनले भने–”मैले काम गरेको छुु कर्मचारीले के गरेका छन् मैले ठेक्का लिन त सक्दिन न नि ?” कार्यालय प्रमुखले कार्यालयमा कर्मचारीको निगरानी राख्ने जिम्मेवारी तपाँईको त हो नि भन्ने जवाफमा उनले अब सुुधार गर्ने रेडिमेट जवाफ दिए । उनले भने– “कर्मचारीको पनि अपुुग छ, दिनैभरी कामको तनाव हुुन्छ त्यसैले कर्मचारीले आधा घण्टा अघि नै काम छोडे होलान्, अब सुुधार गर्छुु ।”

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार