• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङकाे शान्तिनगरमा पुस २६ देखी माघ ६ सम्म ब्यापारीक महोत्सव हुने


 पुस ३,  दाङ ।

दाङमा प्रथम शान्तिनगर व्यापारीक तथा पर्यटन महोत्सव २०७५ हुने भएको छ । यही पौस २६ गते देखि माघ ६ गते सम्म दाङको शान्तिनगर ५ बैसा, रगैयामा उक्त महोत्सव हुन लागेको आज तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । अठार मगरात मगर खाम तथा सस्कृती सरक्षणं विकास मञ्चका केन्द्रीय अध्यक्ष चन्द्र ज्वती बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महोत्सवका आर्थिक सयोजंक रोहन पुनले देशमा सबै जात जातीहरु आ–आफ्नो पहिचान र रितीरिवाजलाई खोज अनुसन्धान गरिरहेका बेला मगर समुदाय भित्रका भाषा,भेषभुषा र सस्कृतीलाई सरक्षण तथा प्रर्दशन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

लोप उन्मुख तथा अमुर्त सस्कृतिको खोज अनुसन्धान गर्ने,स्थानीय भाषा,साहित्य,कला,सस्कृती र परम्परागत सिपको सरक्षण र सम्बर्दन गर्न र नेपाल मगर सास्कृतीक सघको भवन निमार्ण गर्ने उद्देश्यले महोत्सव गर्न लागेको उहाँले बताउनुभयो । ५० हजार दर्शकहरुलाइ प्र्रत्यक्ष रुपमा मेलामा अवलोकन गराउने, जिल्लाका प्राकृतिक सम्पदाहरुको सरक्षण र विकासमा सबैको ध्यानार्कशन गराउने, ब्यापार तथा वातावरणको अध्ययन गर्ने, बातावरण सरक्षंको लागी पहल गर्ने र ३० लाख सम्मको आर्थिक लक्ष्य राखिएको महोत्सवका सयोजंक याम पुनमगरले जानकारी दिनुभयो ।

उक्त मेलामा प्रवेश शुल्क ६० रुपैया तोकिएको छ, विद्यार्थीलाई १० प्रतिशत छुट गरिने छ भने ६० वर्ष भन्दा माथीका बृद्धबृद्धाहरु र अपागंलाई निशुल्क प्रवेश गराइने पुनले बताउनुभयो । साथै महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने १ सय २० वटा स्टलहरु राखिने छ ।

अठार मगरात मगर खाम तथा सस्कृती सरक्षणं विकास मञ्च,नेपाल मगर सास्कृतीक सघं राप्ती अञ्चल समन्वय समितीको सयुक्त आयोजनामा ”मगर समुदाय भित्रको भाषा लिपी र सस्कृतीको खोज अनुसन्धान, स्थानीय पर्यटनीय स्थलहरुको प्रचारप्रसार हाम्रो अभियान” भन्ने मुल नाराका साथ उक्त महोत्सव हुन लागेको हो । महोत्सव को विभिन्न समिती तथा उप समितीको गठन पुस ४ गते गर्ने आयोजकले जनाएको छ भने कार्यक्रमको सञ्चालन नेपाल मगर सास्कृतीक सघं राप्ती अञ्चल समन्वय समितीका महासचिव प्रेम विवश घर्तिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार