• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा सुन्तला बोकेको मिनीट्रक दुर्घटना


पुस ४, सल्यान ।
सल्यानमा सुन्तला बोकेको मिनीट्रक दुर्घटना भएको छ ।

जिल्लाको राप्ती राजमार्गमा पर्ने लान्ती बजार नजिकै रहेको ओग्लेमा गएराति पौने २ बजेतिर रा १ ख १८७१ नम्बरको मिनीट्रक दुर्घटना भएको हो । ट्रक एक्कासि  सडकदेखि ५० मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि चालक र सहचालक सामान्य घाइते भएका छन् । ट्रक र ट्रकमा रहेका सुन्तला भने क्षदविक्षद भएका छन् ।

गाडीमा २ लाख ५० हजारका सुन्तला रहेका गाडी मालिक सल्यान बागचौर नगरपालिका ९ बथानका दयाराम शर्माले बताएका छन् ।

तस्बिर : युवराज खड्का

प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार