• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

२३ दिनपछि रिहा भएका खत्रीलाई नेकपा सल्यानद्धारा स्वागत


पुस ५, सल्यान ।
२३ दिनको हिरासत पछि रिहा भएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सल्यानका जिल्ला सदस्य टोप बहादुर खत्रीलाई सो पार्टीले आज स्वागत गरेको छ ।

छत्रेश्वरी गाउँपालिकाका सेक्रेटरी समेत रहेका उनलाई नेकपाका जिल्ला सेक्रेटरी लोक्पाल केसी लगाएतले झिम्पेमा फुलमाला र टिका लगाएर स्वागत गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मार्फत उनलाई जनही १० हजार धरौटीमा रिहा गरिएको हो ।

गत मंसिर ११ गते उनलाई दार्मा गाउँपालिकाको टेण्डर च्यातेको अभियोगमा प्रहरीले श्रीनगरमा नेकपाको बैठक स्थलबाटै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार