• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

कांग्रेसले राष्ट्रियता भुलेको भन्दै दाङमा नयाँ ‘कांग्रेस बीपी’ गठन


पुस ५, दाङ ।
दाङबाट नेपाली कांग्रेस (बिपी) गठन हुने भएको छ । तुलसीपुरमा बिहीबार पत्रकार सम्मेलन गरि केहिदिनमै भब्य समारोहबीच जिल्ला कार्यसमितिको घोषणासभा गरिने समेत जानकारी गराईएको थियो । कांग्रेसले राष्ट्रियता भुलेको भन्दै मुलुकमा बिपि कांग्रेसको उदय भएको समेत जानकारी दिईएको थियो ।

रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला संयोजक दिपक धितालले समाजमा हुने हरेक बिकृति र बिसङगतिका बिरुद्धमा आवाज उठाउन नयाँ पार्टीको स्थापना भएको बताए । देशमा सिमाना मिचिदा समेत कांग्रेस चुप लाग्ने,बिदेशी आर्मिहरु परेट खेल्न थाल्दा पनि कांग्रेसले आवाज उठाउन नसकेको आरोप समेत उनको थियो ।

पार्टीमा नाताबाद र क्रिपाबाद भएको समेत उनको भनाई थियो । अप्ठ्यारो अबस्थामा कांग्रेसको आडमा राजनीतिक फाइदा उठाउने र निर्वाचनको समयमा घात अन्तर्घात गर्ने अबसरबादीहरुले नै कार्यकर्तामा निराशा उत्पन्न गराएदिएको भन्दै आफुहरुले बिपिको सिद्धान्त अनुरुप अगाडि बढन नयाँ पार्टीको स्थापना गरेको बताए ।

नेपाली काङ्ग्रेस बिपिका केन्द्रीय सदस्य माधव प्रसाद शर्माले नयाँ उदेश्यका साथ जनताको साथमा उभिएको विपि काङ्ग्रेसको भबिष्य राम्रो रहेको भन्दै सबैलाई यश अभियानमा सहभागी हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार