• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

Breaking: सल्यानबाट दाङ फर्कदै गरेको ३० जना सवार बस ठुलो दुर्घटनामा, उद्धारमा कठिनाई


पुस ६, सल्यान ।
सल्यानबाट दाङ फर्कदै गरेको ३० जना सवार बस राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको राम्री नजिकै ठुलो दुर्घटनामा परेको छ ।

सल्यानको विभिन्न ठाउँ अवलोकन गरेर दाङ फर्कदै गरेका कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालय दाङका विद्यार्थी सवार बस आज बेलुका ५ बजेतिर तुलसीपुरको हरनेटी नजिकै दुर्घटनामा परेको हो । बस सडकदेखि धेरै तल खसेको र उद्धारमा ठुलो कठिनाई भएको प्रहरीले बताएको छ ।

गाडीमा सवार एक केटा र एक केटी भने घाईते अबस्थामा सडकमा भेटिएका छन् भने अरुको सवारको पत्तो नलागेको गोठिखोला प्रहरीले बताएको छ । दुर्घटना भएको ठाउँ धेरै उफ्ठ्यारोमा भएकाले गाडी र मान्छे पत्ता लगाउन कठिनाई भएको प्रहरीले बताएको छ ।

प्रहरी चेक पोष्ट कपुरकोट सल्यानका अनुसार गाडीमा ९ जना महिला र २१ ज्ना पुरुष रहेका थिए । गाडी बा ४ ख ९७६६ नम्बरको भएको कपुरकोट चेक पोष्टले लेकाली अनलाइनलाई बताएको छ ।

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार