• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

राप्ती राजमार्गमा भएको दुर्घटनामा १७ जनाको मृत्युु, १० घाइते (अपडेट)


पुस ६, सल्यान ।

दाङ-सल्यानकाे सडक खण्डकाे राप्ती राजमार्गमा पर्ने राम्री नजिकै भएकाे बस दुर्घटनामा १७ जना मृत्यु भएको छ । त्यस्तै १० जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अबस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि राप्ती अञ्चल अस्प्ताल तुलसीपुरबाट नेपालगंज रेफर गरिएको छ ।

अन्य सातजनाको भने अञ्चल अस्पताल तुलसीपुरमै उपचार भईरहेको छ ।

कपुरकोटको बनसपति उद्यान केन्द्रमा अवलोकन पछि फर्किएको दाङ घोराहीको कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालयको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो । बस ३० जनाभन्दा धेरै सवार रहेका थिए ।

घटनाको थप बिबरण आउन बाँकी छ । अहिले प्रहरीले उद्धार गरिरहेका छन् । भिर तथा अफ्ट्यारो ठाउँ भएको र प्रयाप्त टर्च लाइटको व्यवस्था नभएकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले बताएको छ ।

घाईतेको नामावली

१. जिल्ला जुम्ला तातोपानि गा.पा.१४ बस्ने बर्ष १८ कि हिमाली हमाल,
२. जुम्ला जिल्ला चन्दनाथ गाउपालिका ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री,

३. जिल्ला दाङ घोउमनपा १५ रतनपुर बस्ने बर्ष १७ की समिक्षा रोकाया,
४. जिल्ला अछाम मंगलसेन नगरपालिका बस्ने बर्ष १८ को बिक्रम भण्डारी,

५. जिल्ला रुकुम त्रिबेणी गा.पा.३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का,
६. जिल्ला दाङ घोउमनपा १९ स्यूजा बस्ने बर्ष १७ की मेनुका रिजाल, नेपालगंज रिफर गम्भिर घाईते,

७. जिल्ला जुम्ला चन्दनाथ गा.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी,
८. जिल्ला जुम्ला चन्दनाथ गा.पा. ४ बस्ने बर्ष १६ की पर्शा रोकाया,

९. जिल्ला अछाम मंलगसैन नगरपालिका वडा नं. नखुलेको बर्ष १९ को यूवराज ढुंगाना, ९अवस्था सिरियस०
१०. जिल्ला रुकुम सानोभेरी गा.पा. ३ बस्ने बर्ष १६ की रोजिना पुन ।

दाङ-सल्यान सडक खण्ड दुर्घटना अपडेट : ९ जनाकाे शव फेला पर्याे, मृतककाे संख्या बढ्न सक्ने

Breaking: सल्यानबाट दाङ फर्कदै गरेको ३० जना सवार बस ठुलो दुर्घटनामा, उद्धारमा कठिनाई

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार