• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

राप्ती राजमार्गमा भएकाे बस दुर्घटनामा २३ काे मृत्यु, १४ घाइते ! यस्ताे छ दुर्घटनाकाे कथा ?


पुस ७, सल्यान ।

दाङ-सल्यान सडक खण्ड अन्र्तगत राप्त राजमार्गको तुलसीपुर ३ राम्री नजिकै विद्यार्थी बोकेको बस पल्टीदा २३ जनाको मृत्यु भएको छ । ज्यान जाने मध्ये ८ जनाको मात्रै सनाखत भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । प्रहरीका अनुसार २२ जनाको घटनास्थल र एकको राप्तीअंचल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।

सल्यानको मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर दाङ फर्कदै गरेको बा ४ ख ९७६६ नंम्वरको बस शुक्रबार साँझ पाैने ५ बजेतिर सडकबाट झन्डै ७ सय मिटरसम्म तल खस्दा दुर्घटना भएको थियो । बसमा घोराहीमा रहेको कृष्णसेन ईच्छुक पोलि टेक्निकल इन्टीच्युटका ३२ जना बिद्यार्थी, ३ जना गाडिका कर्मचारी र २ जना शिक्षक रहेका थिए । बस शैक्षिक भ्रमणमा शुक्रबार विहान सलयनका लागि छुटेको थियो ।

२३ जनामा ८ काे सनाखत

मृत्यु भएकामा सनाखत हुनेहरुमा अहिले सम्म घोराही ३ निवासि बस चालक बर्ष ३२ का मदन केसी, घोराही १७ निवासि शिक्षक २८ का प्रदीप घिमेरी, दंगिशरण १ निवासि बर्ष ३० का सन्जीप रत्गैया, पुर्वि रुकुम भुमे गाउपालीका ६ निवासि बर्ष २८ का शिक्षक नरेश वली, घोराही १४ निवासि बर्ष १४ का विजय जिएम, भेरी नगरपालीका जाजरकोट निवासि आतिश नेपाली, चन्दननाथ नगरपालीका जुम्ला निावसि हिक्मत बोहरा र कृष्णपुर ५ कन्चनपुर निवासि खेमराज भट्टको मात्रै सनाखत भएको छ । बाँकी अरुकाे पनि विद्यालयका प्रिन्सीपल, अविभावक लगाएतलार्इ बाेलाएकाे र सनाखत हुन लागेकाे प्रहरी श्राेतले बताएकाे छ ।

यसरी भयो दुर्घटना 

राप्ति राजमार्ग अन्तर्गत दाङको तुलसीपुर बजारबाट करिब १० किलोमिटर उत्तरतर्फपर्छ राम्री गाउँ । यो सडक सल्यानको कपुरकोटबाट दाङको तुलसीपुर आउँदा ओरालो पर्छ र थुप्रै साघुँरा घुम्ती पनि छन् ।

राम्रीमा यसअघि पनि पटक पटक दुर्घंटना हुने गरेका थिए । स्थानीयका अनुसार गत वर्ष सोही स्थानबाट ट्रयाक्टर खसेको थियो, भने त्यसको अघिल्लो बर्ष वर्ष दुई जना सवार मोटरसाइकल खसेको थियो । घुम्ती भएकाले अगाडिको दृश्य प्रष्ट नदेखिने हुँदा दुर्घटना हुने गरेको छ ।

शुक्रबार बस सडकबाट झण्डै सात सय मिटर तल खसेको र बस टुक्राटुक्रा भएको छ । दुर्घटनाको कारण खुलिनसेको भए पनि प्रहरीले घुम्ती भएकाले अगाडिको दृश्य प्रष्ट नदेखिने हुँदा दुर्घटना भएको हुनसक्ने बताएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले गाडि तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बताए । “गाडि पनि क्षतबिच्छेद, सवारी चालकको पनि मृत्यु भईसकेको छ”- उनले भने- “त्यसैले दुर्घटनाको कारण थाहा नभएपनि, घटना प्रकृति हेर्दा नजिकै खाल्डो छ, गाडि तीब्र गतिमा आएकाले कन्ट्रोल नभएपछि दुर्घटना जस्तो देखिन्छ ।”

घाइते के भन्छन्

दुर्घटनाकी घाइते मध्येकी एकजना छात्रा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ बर्षीया छात्रा मिहाली हमालले अचानक बस खोल्सामा खसेको भएपनि दुर्घटनाको कारण थाहा नपाएको बताइन्।

‘मेरो होस आउँदा त म माथि नै भिरमा खसेकी रहेछु,’ हमालले भनिन् ‘ अरु साथीहरु र बसको त मैले कतै नाम निशान देखिन।’ उनले दुर्घटनामा परेका मध्ये झन्डै १६ जना विद्यार्थी जुम्ला जिल्लाका रहेको जानकारी दिएकी दिइन् ।

उद्धारमा सबैकाे सहयाेग

घटना पश्चात उद्दारका लागि प्रदेश प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी गाेबिन्द रिजालको नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय दाङ, ईलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, घाेराहि उपमहानगरपालिका, तुलसिपुर उधाेग बाणिज्य सङ ,श सस्त्र प्रहरी, नेपाली सेना, दाङ जिल्ला उधाेग बाणिज्य सङघ, विभिन्न सङघ सस्था, प्रदेश सासद, स्थानीय बासि लगायतको टोली खटिएकाे थियो ।

सेना नभएको भए उद्धार हुने थिएन : स्थानीय

उद्धारमा नेपाली सेनाको ठूलो भूमिका रहेको स्थानीयवासी कलिभान रोकाले बताएका छन् । उद्धारका लागि श्री १९ बाहिनी अड्डा तुलसीपुरबाट नेपाली सेना त्यहाँ पुगेको थियो । घटनास्थल भिरपाखा भएकाले डोरी टाँगेर घाईको उद्धार गर्नुका साथै मृतकको शव निकालेको स्थानीय रोकाले बताए ।

“प्रहरी स्थानीयवासी अक्क न बक्क भएका थिए । कसैले पनि ल्याउन सकेका थिएनन् “- स्थानीय रोकाले भने- “सेना आएर डोरी टाँगेर घाइते र मृतकको शवलाई खोचबाट निकालेर माथि सडकमा ल्यायो । नत्र समयमै उद्धार नहुँदा मृतकको समय बढ्ने थियो ।’ लप्टन योगेन्द्र गुरुङको कमाण्डमा बाहिनीबाट ३१ जना सैनिक जवानहरु घटनास्थलमा गएका थिए ।”

मोबाईलको घन्टी बजेको आधारमा लाश भेटिए

आफन्तले छोराछोरीलाई सम्पर्क गरेको फोनका आधारमा शव र घाइते भेटिने गरेको उद्धारमा खटीएका तुलसीपुर उपमहागनरपालिका –३ का वडाध्यक्ष वीर बहादुर विकले जानकारी दिए । “वनजंगल र भिरपाखा, त्यसमा पनि अध्याँरो भएकाले दिउँसो जस्तो देखिने कुरै भएन”- वडाध्यक्ष विकले भने- “घटना स्थलमा खोज्ने क्रममा घाइते र मृतकका बुबा–आमाले फोन गर्दा बजेको मोबाईलको घन्टीका आधारमा जाँदा कतै अचेत अवस्था घाइते त कतै शव भेटिएका हुन्।”

शवहरु घरसम्म पुर्याउन गृहमन्त्रालयमा समन्वय हुदै

शनिवार मृतकहरुकाे पाेष्टमाटम पश्चात् शबहरु घर सम्म पुर्याउनका लागि गृहमन्त्रालयमा समन्वय भैरहेकाे प्रमुख जिल्ला अधिकारी गाेबिन्द रिजालले जानकारी दिए । यता सिटिई भिटिका क्षेत्रीय डाक्टर यादब सुबेदिले सबै घाइतेहरुकाे उपचार सिटिई भिटिले मिलाउने बताएका छन । उनले घटनाका बारेमा दुख ब्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमिहुन नदिने पनि बताए । अहिले शव राप्ती अन्चल अस्पताल तुलसीपुरमा राखिएकाे छ ।

उद्धार कार्य सकियाे 

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार शुक्रबार राती अबेरसम्म उद्धार कार्य सकिएकाे हाे । मृतक र घाइते भेटिएपछि उद्धार कार्य सकिएकाे उनले बताए । त्यसपछि पनि काेहि नभेटिएपछि उद्धार कार्य सकेर आफुहरु फर्किएकाे उनले बताएका छन् । तर बिहन पनि घटनाकाे बारेमा बुझ्न प्रहरी टाेली घटनास्थल पुगेकाे उनले बताए ।

दुर्घटनामा घाइतेको नामावली

१. जिल्ला जुम्ला तातोपानि गा.पा.४ बस्ने बर्ष १८ कि हिमाली हमाल, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने
२. ऐ चन्दनाथ न.पा. ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै उपचार हुदै सिरियस
३. जिल्ला कैलाली टिकापुर न.पा.८ बस्ने बर्ष १७ की समिक्षा रोकाया, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने ।
४. जिल्ला अछाम मंगलसेन नगरपालिका ६ बस्ने बर्ष १८ को बिक्रम भण्डारी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

५. जिल्ला रुकुम त्रिबेणी गा.पा.३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
६. जिल्ला दाङ घो उमनपा १७ बस्ने बर्ष १७ की मनिका रिजाल, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
७. जिल्ला जुम्ला चन्दनाथ न.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
८. ऐ.ऐ. ४ बस्ने बर्ष १६ की बर्सा रोकाया, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै अबस्था सुधार हुदै सामान्य

९. जिल्ला अछाम मंलगसेन नगरपालिका वडा नं.५ बस्नेबर्ष १८ को यूवराज ढुंगाना, (अवस्था सिरियस) कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
१०. जिल्ला रुकुम सानीभेरी गा.पा. ३ बस्ने बर्ष १६ की रोजिना पुन, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
११. जिल्ला दाङ घोराही १४ बस्ने बर्ष १८ को संजय खनाल, रिफर नर्सिङहोम नेपालगंजमा उपचार हुदै सिरियस
१२. जिल्ला रुकुम सानिभेरी गा.पा.१०अर्मा बस्ने बर्ष १६ को राजन डागी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

१३. जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष१६ को भद्र बिष्ट, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने
१४. जिल्ला रोल्पा परीवर्तन गा.पा.४ बर्ष १७ को प्रकाश वली

सम्बन्धि यस अघिका समाचार

राप्ती राजमार्गमा भएको दुर्घटनामा १७ जनाको मृत्युु, १० घाइते (अपडेट)

दाङ-सल्यान सडक खण्ड दुर्घटना अपडेट : ९ जनाकाे शव फेला पर्याे, मृतककाे संख्या बढ्न सक्ने

Breaking: सल्यानबाट दाङ फर्कदै गरेको ३० जना सवार बस ठुलो दुर्घटनामा, उद्धारमा कठिनाई

 

 

प्रकाशित मिति : २०७५ पुष ७ गते शनिवार