• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको देउलीको डाँडामा टावर अबरुद्ध हुँदा सेवाग्राही समस्यामा


पुस ७, सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीको डाडामा रहेको एनसेल टावर २ हप्ता देखी अवरुद्ध भएको छ ।

मंसिर २५ गते देखि अवरुद्ध हुदा पनि सम्बन्धित निकायले कुनै चासो नदिएको भन्दै फोन गर्ने समस्या भएको स्थानीय अमृत बुढाथोकीले दुखेसो व्यक्त गरेका छन ।

टावरमा खराबी आउँदा बनगाड कुपिण्डे नगरपालिकाको ४ नम्बर वडा कार्यालय गर्चे लगाएत डोप्के, देउली गर्चे, मुलखोला काफलपानी, ५ नम्बर वडाको लाखर मैनेनी, स्याला, खैरागार च्युरामा समस्या आएको छ । त्यस्तै कुमाख गाउपालिकाको वडा नम्बर १ र २ का बासिन्दा पनि उक्त टावरको समस्याको कारण टेलीफोन सेवाबाट बन्चित भएका छन ।

प्रकाशित मिति : २०७५ पुष ७ गते शनिवार