• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङको दुर्घटनाले जुम्ला शोकमा, पढ्न आएका विद्यार्थी लास बनेर हेलिकप्टरमा गए


पुस ७, दाङ ।
दाङ- सल्यान खडक खण्डको राम्रीमा भएको सवारी दुर्घटनाले जुम्ला शोकमग्न भएको छ । दुर्घटना सबैभन्दा धेरै जुम्लाका ११ जना विद्यार्थीले ज्यान गुमाएका छन् । उनीहरू सबै अध्यानको लागि जुम्लाबाट दाङ आएका थिए ।

दाङ घोराहीमा रहेको कृष्णसेन ईच्छुक पोलिटेक्निकल इनिष्टिच्यूडको बा ४ ख ९७६६ नम्बरको रिर्जभ गाडी शुक्रबार बेलुका पौने ५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका छन् भने १४ जना घाइते भएका छन् ।सल्यानको कपरकोटस्थित बनस्पति उद्यानको शैक्षिक भ्रमण सकेर फर्किदै गर्दा उनीहरु चढेको गाडी दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर मृत्यु भएका बिद्यार्थी, शिक्षक र गाडी चालक सबैको सनाखत भइहरेको छ । मृतक मध्ये जुम्लाका ११, दाङका ६, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १/१ जनाको मृत्यु भएको हो ।

अाज ७ जनाको शवलाई हेलिकप्टर मार्फत जुम्ला लगिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत अपरान्ह चार बजे जुम्लाको ६ वटा र डोल्पाको एक जनाको शव जुम्ला लगिएको हो । तुलसीपुरको टरिगाउँ एयरपोर्टबाट बाट उनीहरुको शव जुम्ला लगिएको हो ।

ज्यान गुमाउने २३ जनामा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री,दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।

त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षिया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० बर्षिय विरेन्द्र कडारा , जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय,जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावल रहेका छन् ।

देशभरि श्रद्धाञ्जली कार्यक्रम
सिटिइभिटीले आईतबार एक दिन देशभरि श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ । शनिबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको सिटिइभिटीको आकस्मिक बैंठकले दाङ घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आइतवार परिषदका आंगिक, साझेदारी, प्रााविधिक शिक्षा संचालन गर्ने सामुदायिक विद्यालयहरु तथा निजी शिक्षालयहरुमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ । बैंठकले आर्थिक सहायताको व्यवस्था गर्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैबीच प्याबसन र एनप्याबसन दाङले आईतबार दाङका कुनै पनि निजि बिद्यालय नखोल्ने निर्णय गरेका छन् । एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकी र सचिव ठाकुर डाँगीले एक विज्ञप्ती जारी एनप्याबसनमा आबद्ध कुनै पनि निजि बिद्यालय नखुल्ने बताए ।

प्रकाशित मिति : २०७५ पुष ७ गते शनिवार