सल्यान खाद्यन्न र तरकारीको क्षेत्रमा पहिलो नम्बरमा पर्छ : मन्त्री ज्वाला


पुस ९, सल्यान ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यान जिल्ला खाद्यन्न र तरकारीको क्षेत्रमा कर्णाली प्रदेशको पहिलो नम्बरमा पर्ने बताएका छन् ।

सल्यानमा मन्त्रालयको आयोजनमा भएको वित्तिय हस्तान्तरण समपुरक विशेष अनुदान कार्यविधि सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया पछि आइतबार पत्रकार संगको भेटघाटमा मन्त्री ज्वालाले सल्यान खाद्यान्न र तरकारीमा सम्भावनायुक्त जिल्ला भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले प्राकृतिक स्रोतका हिसावले कर्णाली प्रदेश देशभरिमा नै पहिलो स्थानमम पर्ने दावी समेत गरेका छन् ।

सल्यान प्रदेश ‘ख’ का सांसद समेत रहेका उनले सल्यानको विकासतर्फ ध्यान दिन स्थानिय सरकारका प्रतिनिधिहरुलाइ अाग्रह गरेका छन । उनले भने- “अब कानुन बनेन, अन्यौलता भयो भन्न पर्दैन, आफै बनाएर जाने हो, जान्दिन भन्न पाईदैन, प्रतिनिधिलाई सिकाएर भएपनि सहयोग गर्नुपर्छ ।”

जिल्ला समन्वय समितिका र १० वटै स्थानिय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, लेखापालहरु सहभागि अन्तरक्रियालाई सम्बोधनका क्रममा उनले योजना छुट्याउदा व्यापक वहस हुनुपर्ने र अवका योजना छनौटमा स्थानिय तहसंग व्यापक छलफल गरिने बताए । उनले भने –“हिजो विना आधार पहुचका भरमा योजना छनौट हुन्थे अव त्यसो हुन दिनुहुन्न र मुलप्रवाहमा सबैलाई ल्याउनुपर्छ ।”

संघियता कार्यान्वयनको मुख्य कडि प्रदेश सरकार भएको उनले बताएका छन । संघियता संगै आएको नयाँ संरचना प्रदेश संरचना भएको भन्दै उनले यसलाई बलियो बनाउनुपर्ने र सरकारले प्रदेश सरकारलाई पहिलो प्राथमिकतामा राख्ने बताएका हुन । अबका विकास निर्माण हार्रहुर्र गरेर भोट पाउने खालका हुनुहुदैन भन्दै सजग बनेर काम गरिने बताएका उनले हरेक काम उपलब्धीमुलक हुने र जनप्रतिनिधिहरुले पनि त्यसमा ध्यान दिनैपर्ने औल्याए ।

उनले सरकारले पूर्वाधारलाई पहिलो प्राथामिकतामा राखेको बताएका छन । उनले भने –“पहिला सडक बनाएर ढोका खोल्ने अनी कृषि, पर्यटन, उद्योगको विकास गरेर सबैलाई आत्मनिर्भर बनाउने त्यस्तै विद्युतको विस्तार गरेर सबैलाई सुविधा दिने सरकारको लक्ष्य हो ।”

उनले समपुरक र विशेष अनुदान गर्नेगरि अहिले त्यसका आधार, प्रक्रिया तथा मापदण्डका विषयमा स्थानिय तहका सरकारसंग छलफल चलाइरहेको भन्दै अन्य क्षेत्रबाट नपुगेका ठाउमा यो अनुदानले सहयोग गर्ने बताए । उनले योजना छुट्याउदा व्यापक छलफल गर्नुपर्ने भन्दै सोहि अनुरुप यो कार्यक्रम चलेको बताएका हुन ।

आफुहरुको प्रदेश सरकार आर्थिक मितव्ययितामा चलेको बताउदै ज्वालाले संचार जगतले बजेट छुटिएको मात्रै हैन कार्यान्वयन भएको नभएको या अनियमितता भएकातिर पनि ध्यान दिएर जनतामा वास्तविक सूचना प्रदान गर्नुपर्ने तर्फ सचेत रहन अनुरोध गरे ।

प्रकाशित मिति : २०७५ पुष ९ गते सोमवार