पुस १०, सल्यान ।
सल्यानको सल्लीवजारमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र वहादुर शाहीलाई स्थानीयले र जनप्रतिनिधीले स्वागत गरेका छन् । उनलाई अाज बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुन,उप मेयर मञ्जु यरी, नगरका कर्मचारी,राजनैतिक दल, व्यापारि तथा स्थानीयले आफ्नो नगरमा स्वागत गरेका हुन् ।
स्वागत कार्याक्रमको आयोजना बनगाड कुपिण्डे नगरपालीकाले गरेको थियो ।
स्वागत कार्यक्रम पछि बोल्दै मुख्यमन्त्री शाहीले स्थानीय तवरको सम्वृद्धिको लागि सवै एकजुट हुन आग्रह गरेका छन् । अब राजनीतीका कुरा नगरेर विकासका कुरा गर्न कार्यक्रममा उपस्थित सवैलाई उनले प्रष्ट पारेका थिए ।
कर्णाली प्रदेश गरिब नभएर यहाँको प्रचुर सम्भावना बोकेको प्रदेश भएको र यसलाई अझै विकास गर्न केहि समय लाग्ने उनले बताएका छन् । उनले भने- विकास अरुबाट नभएर आफैबाट आफैले आफ्नो काम गरेपछि सवै काम पुरा गर्न सकिन्छ ।”
त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका कृर्षि मन्त्री विमाला केसीले स्थानीय सरकार र प्रदेश सरकारको राम्रो समन्वयको खाँचो रहेको औल्याइन् । दुवै सरकारको समन्वयबाट स्थानीय स्तरको कामकाजमा कोशेढुङ्गा हुने उनको भनाइ छ ।