• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सरकारले चाहेपछि एक हप्तामा निर्मला हत्या पत्ता लगाउन सक्छ : प्रकाण्ड


पुस ११, धनगढी ।
नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खडक वहादुर बिश्वकर्मा (प्रकाण्ड) ले कञ्चनपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तका हत्यारालाई सरकारले वचाउन खोजेको आरोप लगाएका छन् ।

माओ दिवसको अवसरमा आज कैलालीको धनगढी स्थित खुल्लामञ्चमा आयोजीत आम सभालाई सम्वोधन गर्दै प्रकाण्डले सरकारले चाहे एक सातामै निर्मलाको हत्यारा पत्ता लगाउन सक्ने बताए । देशमा दिनहुँ हत्या र बलात्कारका घटना बढिरहदा पनी सरकार उदासिन रहेको उनले आरोप लगाए ।

निर्मला हत्या प्रकरणमा सरकारले अनुसन्धान गर्न गम्भिर नभएको उनको आरोप थियो । वर्तमान सरकार बिदेशी शक्तिको आडमा सञ्चालन भइरहेको प्रकाण्डको आरोप लगाए । उनले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए ।

कार्यक्रममा पार्टिका पोलिटव्युरो सदस्य ओम प्रकास पुनले शासन बदलिए पनि जनताको जिवनशैली परिवर्तन हुन नसकेको बताए । धनगढीको शहिद गेटबाट सुरु भएको ¥याली खुल्ला मञ्चमा पुगेर बिशाल परिणत भएको थियो

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार