• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको शिवजन माविमा गरिब जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग


पुस ११, सल्यान ।
सल्यान शितलपाटीमा रहेको शिबजन माबिमा रहेका गरिब जेहेन्दार बिधार्थिहरुलाई सहयोग रकम प्रदान गरिएको छ ।

कक्षा १० मा अध्यनरत गर्ने १३ जना जेहेन्दार, गरिब छात्र छात्रहरुलाई २ हजारका दरले सहयोग रकम प्रदान गरिएको बिद्यालयका प्रधानध्यापक हिरालाल नेपालीले जानकारी दिए । सल्यान घर भै काठमान्डौ शिक्षा बिभागमा कार्यरत उषा हमाल र चुडान्नद शर्माको समन्वयमा एक सस्था बाट सहयोग उपलब्ध भएको रकम आर्थिक अबस्था कम्जोर भएका र जेहेनदार बिधार्थीलाई प्रदान गरिएको उनले बताए ।

उक्त रकम शिबजन माबिमा बुधबार एक कार्यक्रमको बिच १३ जना बिधार्थीलाई २ हजारका दरले २६ हजार हस्तान्तरण गरिएका उनले बताए । विद्यालयले पनि यस्ता बिपन्न परिवारका बिधार्थिहरुलाई ड्रेस, कापि कलम र स्कुल फि मा छुट गर्दै आएको बताए ।

सरकारी बिद्यालय भएकाले धेरै किसिमका बिधार्थिहरुले अध्यनरत गर्ने हुनले यस्तो खालको सहयोकको धेरै खाचो रहेको प्रधानध्यापक नेपालीले बताए । पढन चाहाना हुदाँ हुदै आर्थिक अबस्था कम्जोरले पढन नसकेको बिधार्थिलाई सहयोग पुग्ने र एस ईइ राम्रो नतिजा प्राप्त गर्नको लागी टिउसन पढाईमा समेत सहयोग हुने शिक्षक शेरजंग शाहले बताए ।

सहयोग रकम बुझदै बिधार्थिहरुले आफुहरुको मुल्याङकन गरेर यो सहयोग आएको र आगामी दिनहरुमा यस्ता किसिमका सहयोगले पढनमा हौसला प्रदान हुने बताएका थिए ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार