• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका स्थानीय तहले शिक्षकलाई आतंकित बनाएको भन्दै शिक्षक संघको आपत्ति


पुस ११, सल्यान ।
नेपाल शिक्षक संघ सल्यानले जिल्लाका स्थानीय तहहरुले शिक्षकहरुलाई मनोमनी ढङगले आतकिंत बनाउने मनसायले कामकाजमा खटाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गैरकानुनी रुप बाट शिक्षकको सरुवा गरिएको भन्दै एक बिज्ञप्ती जारी गर्दै शिक्षक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शिक्षकको हकहीतका लागी सदैब आफु लडिरेहेको भन्दै शिक्षकको पेशागत सुरक्षाको लागी नेपाल शिक्षक संघ सल्यानले आबश्यकता अनुसार धर्ना, बिरोध लगाएतका कठोर संघर्सका कार्यक्रमहरु घोषना गर्न बाध्य हुने शिक्षक संघ सल्यानका अध्यक्ष एकराज बुढाथोकीले हस्ताक्षर गरेको बिज्ञेप्तीमा भनिएको छ ।

देशैभरीका शिक्षकहरुको समस्या सम्बन्धमा नेपाल शिक्षक महासंघ, केन्द्रिय समिती र नेपाल सरकार बिच मन्त्रीय स्तरीय बार्ताद्धारा भएको सरुवा सम्बन्धी अधिकार स्थानीय तहलाई नरहने गरी गरिएको सम्झौता स्थानीय तहसम्म आईपुग्न केही दिन लाग्ने भएकाले अहिले सबै शिक्षक साथीहरुलाई कामकाजमा फर्कन बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार