• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

पश्चिम सल्यानमा समुदाय अंकपत्र सम्बन्धी तालीम


पुस ११, सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा विएम जेट तथा डब्लु एचएचको आर्थिक सहयोग र आर आर एन सल्यानको आयोजनामा ३ दिने समुदाय अंक पत्र सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

सल्यान जिल्लाका सिमान्तकृत समुदायका लागि जिविकोपार्जन मुल्य शृखंला तथा पोषण सुधार कार्यक्रम अन्र्तगत बनगाड कुपिण्डे नगरपालीकाका जनप्रतिनीधी, कर्मचारी र स्थानीय अगुवा कृषकका लागि तालिम सञ्चालन गरिएको जनाएको छ । सेवा ग्राही, सेवा प्रदायक विच समन्वयकारि भुमिका सम्बन्धी ३ दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षण रामचन्द्र रेग्मीले गर्ने छन् ।

त्यसैगरि कार्यक्रमको समद्घाटन बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले गरेका थिए । यस तालिमबाट सेवाग्राहिलाई प्रत्यक्ष फाईदा हुने जनाएको छ ।

स्थानीय नागरिकका प्रत्यक्ष दैनिक दिन आईपर्ने कामकाज,समस्यालाई यो तालिमबाट उपलब्धी हुने आशा गरिएको नगर प्रमुख पुनको भनाई छ । कार्यक्रमको उदेश्य र जानकारीका बारेमा आरआर एन सल्यानका कृषि अधिकृत ओम प्रकास चौधरी र सञ्चाला आरआर एन सल्यानका सामाजिक परिचालक तिलक नेपालीले गरेका थिए ।

कार्यक्रम ३ दिन सम्म चल्ने वताएको छ ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार