• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा १४ बर्षकै उमेरमा विवाह गर्न लागेका बालबालिकालाई प्रहरीले रोक्यो


पुस १३, सल्यान ।

सल्यानमा प्रहरीले एक बालबिवाह हुन बाट रोकेको छ ।
जिल्लाको शारदा नगरपालीका वडा नम्बर १० कि बालिका र ११ नम्बर वडाका बालक बिच आफुखुसि हुन लागेको बिवाह प्रहरीले रोकेको हो । छात्राबास होस्टेलमा बसेर कक्षा ९ मा अध्यन गर्दै आईरहेका १४ बर्षिय बालिका र १५ बर्षिय बालक बिद्यालय बाटै बिवाह गर्ने भनेर भागेका उनिहरुलाई घरमै गएर बिवाह हुन बाट रोकेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी नायब निरक्षक गिरीराज भण्डारीले बताए ।

उनका अनुसार उनिहरु बिवाह गर्ने भनेर छात्राबास बाटै ४ दिन अगाडी भागेर गएका थिए । भागेर गएको सुचना बिद्यालयका शिक्षकहरुले प्रहरीलाई दिए पछि वडाअध्यक्ष प्रहरी लगायतको टोली बालकको घरमै गएर उनीहरुलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाईएको शारदा नगरपालीका वडा नम्बर ११ का वडा अध्यक्ष रामसिङ बुढाथोकीले बताए ।

उनिहरुलाई उमेर पुगेपछि बिवाह गर्ने सल्लाहमा दुबैजना लाई आफन्तको जिम्मा लगाईएका उनले बताए । उमेर पुगेपछि बिवाह गर्ने कुरा कानुनमै भएकाले दुबैजनाले आफुले गल्ती गरेको स्वीकार गरेका छन ।

उनिहरुले अब पढि लेखि उमेर पुगेपछि मात्र बिवाह गर्ने बताएका छन । यस अघि पनि सोही ठाउँमा यस्तै एउटा बालबिवाह रोकेको वडाअध्यक्ष रामसिङ बुढाथोकीले बताए ।

उनले भने- “शारदा नगरपालीका वडा नम्बर ११ मा बालबिवाह एउटा बिकृति नै भएको छ, पछिल्लो चरणमा बालबिवाहले बिकराल रुप लिन्छ जस्तो छ ।” बालबिवाहको अबस्था बढिरहेकाले न्युनिकरण अभियानमा लाग्ने वडा अध्यक्ष बुढाथोकीले बताए ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार